News
काठमाडौं छाडेर गाउँ जानेको सङ्ख्या ३ दिनमा ३ लाख भन्दा धेरै
काठमाण्डाै / दशैँका लागि गाउँघर जानेको सङ्ख्या बढ्न थालेको छ । घटस्थापनादेखि अहिलेसम्म झण्डै तीन लाख जनाले काठमाण्डौ उपत्यका छाडेका छन् । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार निजी तथा सार्वजनिक गाडीमार्फत झण्डै ३ लाख यात्रु बाहिरिसकेका छन् ।
गएको २४ घण्टामा ७१ हजार सात सय ६३ जना उपत्यकाका विभिन्न नाका हुँदै बाहिरिएका छन् । उपत्यका छोड्नेको सङ्ख्या आजदेखि अझ बढ्ने छ । ट्राफिक प्रहरीले उपत्यकाका चारैतिरका नाकामा बाहिरिने यात्रुको रेडर्क राख्ने गर्दछ । चाबहिल, जगाती, बल्खु, थानकोटलगायत नाकाबाट निजी तथा सार्वजनिक यातायातमा बाहिरिनेको सङ्ख्या सङ्कलन गरिन्छ ।
यसपालिकाे दशैँंको बेला झण्डै २० लाख जनाले उपत्यका छोड्ने अनुमान गरिएको छ।