दशैंको बेला बोलेरो दुर्घटनामा परि एकै परिवारका ६ जनाको मृत्यु
दाङ । सल्यानको कपुरकोट गाउँपालिका –३ वनस्पती नजिकै जीप दुर्घटनामा एउटै घर सन्तानका ६ जना सहिता ८ जनाको मृत्यु भएको छ । कपुरकोट गाउँपालिका–६ सिनबाङ निबासी धर्म वली, बसन्त वली, कुमारी वली, टोपबहादुर वली, ललित वली, खुमलाल वली, चालक जीत बहादुर बोहरा, र सुरेश खत्री रहेको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिए ।
त्यसैगरी सोही घटनामा परेर घाइेत हुनुभएका सोही ठाउँका तिलक वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।
बाँकेको ढकेरीमा बिहेको कार्यक्रम सकेर सल्यानको कपुरकोट गाउँपालिका–६ फर्किदै गरेको रा१ज ५६३ नम्बरको डबल क्याप जीप दुर्घटनामा परेको थियो । घटना राति करिब २ बजे भएको थियो । घुमित र चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । जीपदेखि करिब डेढ सय मिटर तल खसेको छ ।