रातारात करोड पति भएका भरतकी श्रीमती भन्छिन् -३५ करोड चिठ्ठा पर्याे भन्ने सुनेकी छु, तर थाह छैन सपना हो कि विपना
प्रेम सुनार, गुल्मी ।‘देवरबाबु ब्रे न ट्यु मरको बिमारले जीवन मरणको दोसाँधमा हुहुुन्छ, उहाँको उपचारका लागि दुई–चार लाख जुटाउन पाए धन्य हुने थियो भन्दै तड्पेका थियौं ।’
हालै दुबईमा नेपाली रुपैयाँ झण्डै ३५ करोडको चिट्ठा पार्न सफल गुल्मी उर्लेनी गाउँका भरत बिककी श्रीमती मञ्ज् बिकले भनिन–‘ त्यति ठूलो रकमको चिट्ठा पर्याे भन्ने सुन्दा सपना जस्तै लागेको छ ।’जिल्लाको रेसुङ्गा नगरपालिका–१२ मा पर्दछ, उर्लेनी गाउँ ।
त्यसमा पनि उर्लेनी संगैको बुढीझिर्मी र बिक परिवारको हात्तीढ्ुङ्गा टोल बुढी अधिकांश गरिब विपन्न दलितहरुको बसोबास भएको क्षेत्र हो ।तिनै विपन्नका पनि विपन्न , दैवको चो ट माथि पनि चोट खेप्दैै आएको परिवार हो हालै दुबईमा नेपाली झण्डै ३५ करोड रुपैयाँको चिठ्ठा पार्न सफल भरत बिकको परिवार ।
भरतकाका भिनाजु उर्लेनी गाउँकै मिनबहादुर बिश्वकर्माका अनुसार २०५८ साल देखि त्यो परिवारमा एकपछि अर्को हुँदै त कहिले एकैसाथ नियतिले ब ज्रपात गर्दै आएको थियो ।सम्पत्तीका नाममा दुईचार डोका मकै फल्ने बारीका सुर्का र सानो एउटा घर । कमाएर परिवार पाल्ने घरको मुली मान्छे नै प्यारालाईसिसको बिमारले थला परे पछि बिमारीको उपचार खर्च जुटाउनु त
परै जाओस् बिहान बेलुकाको जोह गर्न समेत मुस्किलले परेको थिये । भारतमा नोकरी गरेर घर परिवार चलाउँदै आएका भरतका बाबु झकबहाद्ुर बिकका बाबु प्यारालाइसिसको बिमारले थला परे ।अन्ततः झकबहादुरको कमाई बाबुकै उपचारमा सकिन थाल्यो । नियतिको अर्को ब ज्रपातः फेरी उनै झकबहादुर पनि प्यारालाइसिस बिमारकै आ क्र मणमा परे ।
नियतिको फेरी तेश्रो आ क्र मणः उनका कान्छा छोरा बिष्णु बिक ब्रेनट्युमरको बिमारले थला परे । यसरी एकै परिवारमा तीन जना ग म्भीर रोगले थला परेपछि त्यो भन्दा बढि कष्टकर विपत्तीको व्यथा अरु के नै होला र ?भरत बिककी श्रीमती मञ्जु बिक भन्छिन्–‘भोग्दै आएको दुःख–कष्टका कुरा अर्कासित कहेर के नै पाइएला र ? तर, कहुँ भने भनि साध्य छैन ।’
सुखका बेला सम्झनामा दुःखका दिन…‘सानै उमेरदेखि उहाँ श्रीमान) छिमेकी देश भारत हुँदै विदेश (दुबै) जानु भएको हो । उहाँले पठाएको पैसा घर खर्च र ऋण तिर्न मै ठिक्क भएको छ । आज हाता पर्यो आजको–आजै साहुलाई बुझायो ।त्यसैले उहाँले कमाएको एक मुष्ट दश हजार रुपैयाँ मैले संगालेर अहिलेसम्म राखेकी छैन ।
खै अहिले बिदेशमा ३५ करोड जति रकम चिठ्ठा पर्याे भन्ने सुनेकी छु, तर थाह छैन सपना हो कि विपना ’ भरत पत्नी मञ्जुलीले सुनाइन् ।शुक्रबार हामी पुग्दा उनको घरको ढोका बन्द थियो । दिनको समयमा प्राय त्यहाँका दलितहरुको घरमा ढोका लगाएको देख्नु नौलो कुरा होइन ।
दिनभरी मजदुरी गर्न हिड्नु् साँझ घर आउनु उनिहरुको सदियांैदेखिको दिनचर्य हो । मञ्जु पनि घरमा ढोका लगाएर घर देखि तलको बारी खन्दै थिईन । को हुनुहुन्छ घरमा ? भनेर धेरै बेर चिच्चाए पछि तलबाट मञ्जुले भनिन –‘म छु , कहाँ बाटो को आउनु भएको हो ? हाम्रो जवाफ पछि उनी घरको दलानमा आइन् ।