Video

ताली र गालि बाट चर्चामा आएका बिजय शाही रुदैँ आए मिडियामा, आमालाई बचाउँनकै लागि गरे यस्तो निर्णय …(भिडियो हेर्नुस)

बिजय शाही, प्राय सबै नेपालीले भुलेका छैनन होला यो नाम, छोटो समयमै आफ्नो अद्भुत कलाले दर्शकको मनमष्तिष्कमा बस्न सफल यो नाम एकाएक बिजय शाहीको झुटको भण्डाफोर भएपछि एउटा फटाहाको रुपमा मानिसको दिमागम रह्यो । तर एउटा प्रश्नको जवाफ भने कसैले पनि पाएका छैनन, बिजय शाहीले आखिर कसरी किताब हेरेको एक सेकेण्डमै भित्रका शब्दहरु लेख्न सक्छन ।

आज भने उनै बिजय शाहीले मिडियामा आएर उक्त काम छाड्ने निर्णय गरेका छन । आफुले किताबको डेमो देखाउनेबित्तिकै नपत्याउने धेरै भए र आफ्नो क्षमतामाथि औला उठाईयो र यहि कारणले आज आफ्नी आमालाई धेरै असर परेको बताउँछन उनी । यो काम छोड्ने निर्णय गर्दा आफुलाई निकै नै दुख लागेको तैपनी ममिकै लागि भएपनि छोड्नुपर्ने बताउँछन उनी ।

आफैंपनि डिप्रेसनको सिकार भइसकेका उनी अहिले आफ्नी आमा पनि डिप्रेसनको सिकार हुँदा आफुलाई असह्य भएको उनी बताउँछन । ममिको पिर र चिन्ताले आज आफुमा भएको क्षमता त्याग्न बाध्य भएको उनी बताउँछन । “यदि मेरी आमा नै यो संसारमा रहिनन भने मेरो क्षमताको केही मुल्य रहदैन” भन्छन उनी ।

बाँकी हेर्नुस तलको भिडियोमा

Related Articles

Back to top button