News
रेस्लर जुरेलीद्वारा भारतीय पुरुष रेस्लर पराजित
काठमाडौँ– नेपालकी अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा शनिबार भारतीय पुरुष रेस्लरलाई पराजित गरेकी छन् ।
नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित प्रतियोगितामा जुरेलीले भारतका कपालीलाई सिंगल्स म्याचमा पराजित गरेको आयोजककी अध्यक्ष भगवती खड्काले जानकारी दिए।
विजयादशमी तथा तिहारको उपलक्ष्यमा भृकुटीमण्डपमा भएको प्रतियोगिताको रोयल नम्बर म्याचमा नेपाली ब्रोले अमेरिकाका जेबी पुनलाई हराए ।
सिंगल्स म्याचमै पाकिस्तानका कल्हा अलीले नेपालका कृष्ण मगर तथा भारतका अमित दलहाले नेपालका अभिराज सिंहलाई पन्छाए । पाकिस्तानका शेर खान र नेपालका हिक्मत थपलिया (स्कोरपियो) बीचको खेल रद्द गरिएको थियो ।
एक दिने प्रतियोगितामा नेपालबाट एक महिलासहित पाँच, अमेरिकाबाट एक तथा भारत र पाकिस्तानबाट दुई दुई गरी १० रेस्लर सहभागी थिए ।