मकवानपुरकी अनु थिङसँग बुद्धि तामाङले गरे बिहे
काठमाडौं –
चर्चित हाँसयककलाकार बुद्धि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन् । उनी आज भक्तपुरको एक पार्टी प्यालेसमामकवानपुरकी अनु थिङ विवाह बन्धनमा बाधिउका हुन् ।बुद्धि मकवानपुरकी अनुसँष् मागी बिहे गरेका हुन् ।
अनु विद्यार्थी समेत हुन् । उनीहरले तामाङ परम्परा अनुसार गरेको बिहेमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीहरु उपस्थित थिए । ‘कबड्डी’ फिल्म अभिनय गरेपछि चर्चामा आएका बुद्धिको ‘हैट’ थेगोलाई दर्शकले निकै रुचाएका छन् ।
यो पनि: विश्वभर प्रेमगीत ३ प्रदर्शन, मुम्बईको विशेष शोमा खुलेका प्रदीप र क्रिस्टिना ;
नेपाली चलचित्र प्रेमगीत ३ शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको छ । नेपाल, भारतसहित विभिन्न देशमा एक साथ प्रदर्शनमा आएको प्रेमगीत ३ मा दर्शकको उत्साहजनक सहभागिता रहेको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए ।
शुक्रबारबाट प्रदर्शनमा आएको प्रेमगीत ३ को बिहीबार राति भारतको मुम्बईमा विशेष शो गरिएको थियो । विशेष शोमा प्रेमगीत ३ का अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङ आकर्षक पहिरनमा सहभागी थिए । साथै अभिनेत्री निरुता सिंह पनि उक्त शोमा सहभागी थिइन् ।
शुक्रबारबाट भारतमा प्रेमगीत ३ हिन्दी भाषामा प्रदर्शनमा आएको हो । नेपालमा पनि घटस्थापनको दिन १० असोजदेखि हिन्दी भाषामा रहेको प्रेमगीत ३ प्रदर्शनमा आउने निर्देशक सेनले बताए ।
भारतमा प्रेमगीत ३ लाई जी–म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गरेको हो । प्रदीप, क्रिस्टिनाको मुख्य भूमिका रहेको प्रेमगीत ३ मा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।