News

अक्सिजन नपाएर एकै रातमा ७ जनाकाे मृ’त्यु !

पोखरा । पोखरामा अक्सिजन अभाव चर्किएको छ । अक्सिजन नपाएर हिजो राति मात्र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ७ जनाकाे सु’त्केरी महिलासहित ७ जनाको ज्या’न गएको छ ।

शनिबार मात्र अप्रे’शन गरेर सु’त्केरी भएकी एक महिलाकाे बिहीबार राति नि’धन भएकाे हाे । यसै गरी अन्य मृ’तकमा १ जना कलेजोमा समस्या भएका बि’रामी, १ जना डायबिटिजका बि’रामी र १ जना डायलोसिस गरिरहेका बिरामीहरु रहेका छन् । साथै अन्य संक्रमितमा सामान्य स्वास्थ्य समस्या रहेको अस्पताल प्रशासनले जनाएको छ ।

यसरी मृ’त्यु हुनेमा तनहुँका ३ जना, पोखरा, स्याङ्जा, पर्वत र म्याग्दीका १/१ जना रहेको छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई सरकारले कोभिड– १९ अस्पतालका रुपमा तोकेको छ । गण्डकी प्रदेशकै सबैभन्दा ठूलो यस सरकारी अस्पतालमा आजसम्म आफ्नै अक्सिजन प्लान्ट भने छैन ।

कोभिड अस्पतालका फोकल पर्सन डा. शरद बरालले हाइफ्लो अक्सिजन नपाउँदा सुत्केरी लगायतको ज्यान गएको देखिएको बताएका छन् । अन्य दीर्घ रोगले बढी च्यापेका संक्रमितहरुको पनि मृ’त्यु हुन पुगेको डा. बरालले बताए । अस्पतालमा हाइफ्लोका बिरामी एक्कासि बढ्दा अक्सिजनको समस्या देखिएको डा. बरालको भनाइ छ ।

‘माग अनुसार अक्सिजन पाइएन’

यतिबेला अक्सिजन उद्योगबाट नै माग अनुसार अक्सिजन नपाएको अस्पताल प्रशासनको भनाई छ । डा. बरालका अनुसार अनुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले दैनिक २४० सिलिण्डरदेखि ३५० सिलिण्डर अक्सिजन खपत भइरहेको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मात्र होइन, पोखराको अन्य अस्पतालमा पनि एक्कासी अक्सिजनको अभाव देखिएको छ । पोखरामा भएका दुई कम्पनीहरुले दैनिक १३ देखि १४ सय सिलिन्डरसम्म उत्पादन गर्ने गर्दछन् । तर, ती सिलिन्डर कहाँ र कसरी जान्छ र किन अभाव भइरहेको छ भन्ने आश्चर्य लागिरहेको अस्पतालहरूले बताइरहेका छन् ।(news 24 nepal)

Related Articles

Back to top button