भोली विवाह गर्दै कलाकार बुद्धि तामाङ , को हुन दुलही ?
कलाकार बुद्धि तामाङ भोलि (शुक्रबार) विवाह बन्धनमा बाँधिने भएका छन्। उनले मकवानपुरकी अनु थिङसँग तामाङ परम्पराअनुसार विवाह गर्दैछन्।
भक्तुपरको कौशलटारस्थित एक पार्टी प्यालेसबाट बिहे गर्न लागेका यी अभिनेताले मागी विवाह गर्न लागेका हुन्।
‘हैट’ थेगोले नेपाली फिल्म उद्योगमा चिनिएका बुद्धिको विवाहमा पारिवारिक सदस्यको मात्रै उपस्थिती रहने छ। स्नातक अध्ययनरत अनुसँग बुद्धिका आफन्तले भेट गराएका थिए।
अन्य समाचार / काठमाडौं । भैरहवाको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित उडान शुरु गरेको जजिरा एयरवेजले कुवेत–चीन दुईतर्फी व्यावसायिक उडान शुरु गरेको छ ।
चीनको पश्चिमी क्षेत्रमा रहेका ठूलो जनसङ्ख्यालाई ध्यानमा राख्दै कम्पनीले सियानलाई उडान गन्तव्यका लागि रोजेको बताइएको छ । उक्त कम्पनीले सोमवाररदेखि कुवेत–चीन दुईतर्फी व्यावसायिक उडान शुरु गरेको बताइएको छ । कम्पनीले उक्त गन्तव्यमा छिट्टै दैनिक उडान गर्ने बताएको छ ।
उक्त गन्तव्यका लागि कम्पनीले एयरवेस ३२० नियो सिरिज जहाज प्रयोग गर्ने बताएको छ । कम्पनीले गन्तव्य विस्तारका क्रममा गौतमबुद्ध विमानस्थलपछि चीन उडान शुरु गरेको हो । हाल यो कम्पनीले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक नियमित उडान सेवा दिंदै आएको छ ।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट उडान थाल्ने जजिरा पहिलो कम्पनी हो । भैरहवाबाट उडान शुरु गरेको तीन महीनामा जजिराले करीब १२ हजार यात्रुलाई सेवा दिइसकेको विमानस्थल कार्यालयले बताएको छ । रासस