News

मकवानपुरमा बस दुर्घटना : ६ जनाको दुर्घटनास्थलमै मृत्यु

फाइल तस्बिर मकवानपुर । मकवानपुरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा बस सडकबाट तल खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बामदेव गौतमले जानकारी दिएका छन् ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

अन्य समाचार / काठमाडौं । भैरहवाको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित उडान शुरु गरेको जजिरा एयरवेजले कुवेत–चीन दुईतर्फी व्यावसायिक उडान शुरु गरेको छ ।

चीनको पश्चिमी क्षेत्रमा रहेका ठूलो जनसङ्ख्यालाई ध्यानमा राख्दै कम्पनीले सियानलाई उडान गन्तव्यका लागि रोजेको बताइएको छ । उक्त कम्पनीले सोमवाररदेखि कुवेत–चीन दुईतर्फी व्यावसायिक उडान शुरु गरेको बताइएको छ । कम्पनीले उक्त गन्तव्यमा छिट्टै दैनिक उडान गर्ने बताएको छ ।

उक्त गन्तव्यका लागि कम्पनीले एयरवेस ३२० नियो सिरिज जहाज प्रयोग गर्ने बताएको छ । कम्पनीले गन्तव्य विस्तारका क्रममा गौतमबुद्ध विमानस्थलपछि चीन उडान शुरु गरेको हो । हाल यो कम्पनीले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक नियमित उडान सेवा दिंदै आएको छ ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट उडान थाल्ने जजिरा पहिलो कम्पनी हो । भैरहवाबाट उडान शुरु गरेको तीन महीनामा जजिराले करीब १२ हजार यात्रुलाई सेवा दिइसकेको विमानस्थल कार्यालयले बताएको छ । रासस

Related Articles

Back to top button