News

उडानकै क्रममा पाइलटको मृत्यु

काठमाडौं: रुसको नोभोकुज्नेत्स्कबाट सेन्ट पिटर्सबर्ग गइरहेको बोइङ विमानका पाइलटको उडानकै क्रममा मृत्यु भएको छ।

उनको ककपिटमै मृत्यु भएपछि कोपाइलटले ओम्स्क विमानस्थलमा आकस्मिक अवतरण गराएका थिए। पाइलटको निधन के कारणले भएको भनी खुलाइएको छैन।

रुसी समाचार वेबसाइटले दिएको समाचारअनुसार, एम्बुलेन्स टोली विमान अवतरण गर्नुभन्दा १० मिनेटअघि विमानस्थल पुगेको थियो। घटना आइतवार बेलुकी ७ः४० मा भएको हो। उडानका क्रममा पाइलटको स्वास्थ्य बिग्रेको थियो।

अन्य समाचार :

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) शुरु गरेको छ ।

मोबाइल सेटको गैरकानूनी आयात,विक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङरब्लकिङ गरी नेपाल भित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न एमडीएमएस प्रणाली लागू गरिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आजसम्मविदेशबाट व्यक्तिगत तवरले ल्याइएका मोबाइल सेट लगायत आजको मितिसम्म चालु रहेका सबै मोबाइल सेटहरु स्वतः एमडीएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाएको छ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै आजदेखि मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणाली एमडीएमएस एनटीए डट जीओभीमा दर्ता भए नभएको एकिन गरी मात्र खरिद गर्न आग्रह गरेको छ ।

साथै, मोबाइल आयातकर्तार विक्रेताहरुले मोबाइल आयात गर्नु अघि अनिवार्य रुपमा प्राधिकरणको स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइलमात्र विक्री वितिरण समेत भनेको छ।

Related Articles

Back to top button