News

दशैंको मुुखमा घट्यो सुनको भाउ : तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौ । स्थानीय बजारमा बुधवार सुनको मूल्य ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रूपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् मंगलवार सुन तोलाको ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको १० रुपैयाँले घटेर १ हजार १७० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार १८० रूपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा भने आज सुनको मूल्य घटेको छ । आज (नेपाली समय अनुसार बिहान ११:०० बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ६६२ दशमलव ७२ डलर पुगेको छ । अघिल्लो कारोबार दिन (मंगलवार) स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ६६६ दशमलव ३६ डलरमा बन्द भएको थियो ।

त्यसैगरी, आज डलरको मूल्य पनि घटेको छ । आज एक अमेरिकी डलरको विक्रीदर १२७ रूपैयाँ ९१ पैसा कायम भएको छ । अघिल्लो दिन‌ एक अमेरिकी डलरको विक्रीदर १२७ रूपैयाँ ९४ पैसा थियो ।

Related Articles

Back to top button