चर्चित कमेडियन राजु श्रीवास्तवको निधन
काठमाडौं / भारतीय चर्चित कमेडियन राजु श्रीवास्तवको निधन भएको छ। गत अगष्ट १० मा ट्रेडमिलमा शारिरिक व्यायाम गर्ने क्रममा उनी एक्कासी लडेका थिए। अस्पतालमा उनलाई हृदयघात भएपछि उनलाई दिल्लीको एम्स अस्पताल भर्ना गरिएको थियो।
५८ वर्षीय श्रीवास्तव डेढ महिनादेखि मृत्युसँग संघर्ष गरिरहेका थिए। उनी भारतीय हास्य विधामा निकै चर्चित मानिन्छन्।
अन्य समाचार / काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेको एक सय दिनमा गरेका काम र थालेका योजनाको श्वेतपत्र सार्वजनिक गरेकी छन् ।
मेयर बालेन्द्र साह (बालेन)ले श्वेतपत्र जारी गरेको केही दिनपछि बुधबार डंगोलले सार्वजनिक गरेको श्वेतपत्रमा एक सय दिनमा गरेका १५ काम र सुरुवात गरेका १० योजनाको उल्लेख गरिएको छ ।

पुराना २४४ वटा विवादमा न्यायिक सुनुवाइ भएकोे र ५१ वटा विवादको किनारा लगाएको उनले सार्वजनिक गरेको श्वेतपत्रमा उल्लेख छ । वडास्तरीय महिला सेल गठन, आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयारलाई पनि उनले उल्लेख गरेकी छन् ।
सय दिनमा सय बढी कार्यक्रममा महानगरवासी सँगसँगै रहेको र महानगरवासीसँग प्रत्यक्ष अन्तरक्रिया गरी सुझाव लिने, समस्या बुझ्ने कार्य गरिएको उल्लेख गर्दै उनले त्यसले काठमाडौँवासी सँगसँगै रहेर महानगरका समस्याकाबारेमा साक्षात्कार हुने अवसर प्राप्तभएको बताएकी छन् ।
फोहोर व्यवस्थापनका लागि सकारात्मक पहल सुरु गरेको कुरालाई पनि श्वेतपत्रमा उल्लेख गरेकी उनले भनेकी छन् , ‘महानगर प्रमुखसहित मेरो प्रत्यक्ष उपस्थितिमा नुवाकोट जिल्लाको सिसडोल र नुवाकोटकै बञ्चरे डाँडा, टेकुस्थित ‘ट्रान्सफर स्टेशन’लगायतका क्षेत्रको अनुगमन गर्ने र त्यहाँको बस्तुस्थिति बुझ्ने लगायतका काम भएका छन् ।
पटक–पटकको प्रयासपछि सिसडोल र बञ्चरेडाँडामा अल्पकालिनफोहोर व्यवस्थापन गर्ने कार्य भएको छ । दीर्घकालिन फोहोर व्यवस्थापनका लागि छिमेकी नगर ठिमीलगायतका पालिकाले गरेका योजनाको अवलोकन गर्ने र उहाँहरुका समेत अनुभवलाई ग्रहण गर्दै दीर्घकालिन फाहोर व्यवस्थापनका लागि आवश्यक कार्यहरु अघि बढाएका छौँ ।