आमाले ज्याला मजदुरी गरेर पढाएको छोरा बने नेपाल टप
गाउँपालिका–४,की सबिता परियारले घरायसी काम र ज्याला मजदुरी गरी हातमुख जोड्न र छोराछोरीको पढाइखर्च जुटाउने गरेकी छन्। चरम गरिबीका कारण छोराछोरी शिक्षादीक्षामा समस्या हुने चिन्ताले सधैँ सताइरहने परियारले गएको शुक्रबार
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा छोरा सन्दिपले पर्वत जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याएपछि खुसीको आँसु थाम्न सकिनन्।
निरन्तर दुःखसँग पौँठेजोरी खेल्दै अर्काको घरमा मजदुरी गरी छोरालाई उच्च शिक्षा दिलाएकी परियारले गाउँमा रहेको विद्याज्योती माविमा अध्ययनरत छोराले ३.७१ जिपिए ल्याएर प्रथम भएको खबर सुनाएपछि निकै भावुक बनेकी उनको आँखाबाट खुशीको आँशु झर्न थाल्यो।
अनेक अभावका बावजुद पनि छोराको पढाईमा अभाव हुन नदिएकी सबिताका खुशीका आँशु झारेर नै रुन थालेपछि पर्वत जिल्लाको निजी तथा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा ल्याएका
छोरा सन्दिपले आमाको सपना पूरा गर्ने बताउँदै सम्हाले। उनको जिन्दगीमा ‘श्रीमान नामको पुरुष प्रवेश गरेपनि कलिलै उमेर देखि श्रीमानको झगडा, अतिरिक्त दुःख र मानसिक, शारीरिक यातनाले कहिल्यै सुख भन्ने महसुस गर्न पाइनन्।
श्रीमानले मदिरा सेवन गरेर दैनिक यातना दिने, छोराछोरीको पढाईमा समेत अवरोध हुन थालेपछि अर्काको घरमा भाँडा माझेर, मजदुरी गर्ने भन्दै
छोराछोरीसँगै घर छोडिन्।श्रीमानको दुई बर्ष अगाडी अत्याधिक मदिरा सेवनकै कारण मृत्यु भएपछि दुःखका बलिन्द्रधारा आँसु झारेर दैनिकी बिताइरहेकी उनलाई छोराछोरीको लालनपालन, शिक्षादीक्षाको भारी काँधमा झन् भारी भयो।