News

विदेश जानेको पीडा : बुबाको निधन हुँदा पनि कम्पनीले छुट्टी दिँदैन

वीरगन्ज । ‘बुबाको निधन भएको एक महिना बितिसक्दा पनि कम्पनीले घर आउँन छुट्टी नै दिएन । पासपोर्टलगायतका सबै कागजपत्र त त्यहाँ पुग्ने बित्तिकै कम्पनीले लिइहाल्छ । बाँकी त्यहाँको सबै कुरा त सानो भेटमा गरिसाध्यै छैन,’ विदेशको दुःख सम्झिँदै पर्साको पटेर्वासुगौली–२ थरगट्टीका अजयकुमार महतो धागढले पैसा कमाउन विदेश जाँदाको कष्टकर पीडा सुनाए ।

त्यसैगरी पर्साकै पर्सागढी–४ वर्वाटाँडीका बृजकिसोरप्रसाद चौरसियाले पनि आफ्नो भाइ विदेशमा निधन हुँदा लास ल्याउन समेत सकस भएको त्यहाँको कारुणिक कथाको अर्को घटना सुनाए । धागड मलेसियामा ६ वर्ष बसेर नेपाल फर्केका युवा हुन् भने चौरसिया दुबईमा १२ वर्ष बिताएर नेपाल फर्केका अर्का युवा हुन् । विदेश पुगेर त्यहाँ गर्न परेको दुःख र कष्टको कहालीलाग्दो कथा धागढ र चौरसियासँग मात्र छैन । उनीहरू त विदेश गएर कष्ट भोग्ने त्यहाँको अवस्था जानकारी गराउने केवल प्रतिनिधि पात्र मात्र हुन् । उनीहरू जस्ता नेपाली युवा विदेशको चर्को घाम र कहालीलाग्दो वातावरणमा श्रम गर्न र जीवनको अन्तिम क्षणको अनुभव नजिकबाट गर्न बाध्य हुने नेपाली हजारौं लाखौं पुगिसके ।

धागढ र चौरसिया जस्ता धेरैले बाहिर जाँदा भोगेको कुरा देश चलाउने अस्थायी र स्थायी सरकारका प्रतिनिधिलाई जानकारी नै नभएको चाहिँ होइन रहेछ । शनिबार पनि नेपाल सरकारका शिक्षा सचिव रामकृष्ण सुवेदी र सहसचिव डा. हरि लम्साल, यूएनडीपी र सीटीईभीटीका जिम्मेवार व्यक्तिबीच उनीहरूले वीरगन्जको एक कार्यक्रममा उक्त व्यथा पोखेका हुन् । राजधानी दैनिक

Related Articles

Back to top button