टिकटकमा एउटा भिडियोबाटै ९ करोड ५९ लाख रुपैयाँ कमाउँछन्
काठमाडौं । ‘प्रसिद्धिसँगै पैसा आउँछ’ । टिकटक र खाबे लामेको सन्दर्भमा यो भनाइ विल्कुल सत्य बनेको छ । सामान्य कामदारदेखि लक्जरी फेशन हाउस ह्युगो बोसको ब्रान्ड एम्बेसडर बन्दासम्मको खाबेको जीवनयात्रा निकै रोचक छ ।
काम नभएर बेरोजगार भएको समयमा समय कटाउन चलाउन थालेको सामाजिक सञ्जालले उनको जीवनमा आमूल परिवर्तन ल्यायो । २२ वर्षका लामेले कोरोना भाइरसको महामारीको बेलामा सन् २०२० मा टिकटक चलाउन थालेका थिए । टिकटकमा खाबेको १४ करोड ९६ लाख फलोअर छन् । उनी टिकटकमा सबैभन्दा धेरै फलोअर हुने व्यक्ति हुन् ।
लोकप्रियता बढ्न थालेसँगै खाबेसँग विस्तारै विविध ब्रान्डहरुले अनुबन्धन गर्न थाले, उनको टिकटक कन्टेन्टको प्रायोजन गर्न लागे । मिलान फेशन विकमा हयुगो बोसका लागि ¥याममा हिड्दा उनले झन्डै ४ लाख ५० हजार डलर कमाए । यस सम्झौताअन्तर्गत उनले सो शोबारे अनलाइनमा पोष्ट पनि गर्नु पथ्र्यो ।
खाबेले अहिले टिकटकमा पोष्ट गरेको एउटा भिडियो क्लिपबाटै ७ लाख ५० हजार डलर (९ करोड ५९ लाख रुपैयाँ भन्दा धेरै) सम्म कमाउँछन् । अमेरिकी आर्थिक पत्रिका फोच्र्यूनसँगको अन्तरवार्तामा उनले यस्तो खुलासा गरेका हुन । गएको वर्ष उनले ब्रान्ड इन्डोर्समेन्ट गरेरै १ करोड डलर कमाएको फोब्र्सको अनुमान छ । यस वर्ष पनि उनले टिकटकबाट १ करोडभन्दा धेरै कमाउने अनुमान गरिएको छ ।
खबरहरुलाई पत्याउने हो भने हलिउडको एउटा ठूलो फिल्म स्टुडियोले लामेलाई एउटै भिडियो क्लिपका लागि ७ लाख ६० हजार डलर दिएको थियो । लामेले टिकटकमा नबोलीकम बनाएका भिडियोबाट लोकप्रियता कमाएका हुन् । यस्तो खालको लोकप्रियता लामो समय टिक्दैन ।
उनलाई उछिनेर लोकप्रियताको भ¥याङमा अरु कोही माथि आउन पनि सक्छ । यो कुरा राम्ररी बुझेका खाबे अहिले अंग्रेजी सिकिरहेका छन् । आफ्नो अंग्रेजी सुधार्न हरेक दिन एक घन्टा उनले शिक्षक नै राखेर अंग्रेजी सिकिरहेका छन् । भाषा सुधार्न उनले अंग्रेजी फिल्म र कार्टुन हेर्ने काम पनि गरिरहेका छन् ।
खाबेको फिल्मबाट करियर बनाउने चाहना छ । खाबेले हलिउड स्टार विल स्मिथसँग फिल्म खेल्न खोजिरहेका छन् । खाबेका भिडियोहरु टिकटकमा मात्रै होइन, फेसबुक र इष्टाग्राममा पनि उत्तिकै लोकप्रिय छन् । सेनेगलमा जन्मिएका आबे इटलीमा बस्छन् । सन् २००१ मा उनको परिवार इटली बसाई सरेर आएको थियो ।
कोरोना भाइरसको महामारीका बेलामा आफ्नो जागिर गुमेपछि खाबेले समय कटाउन टिकटक बनाउन शुरु गरे । टिकटकमा देखाइने लाइफ ह्याक भिडियोलाई मजाक गरेर उनले टिकटक बनाउन थाले । यस्ता भिडियोको चर्चा चुलिएसँगै उनको चर्चा पनि चुलियो ।