राष्ट्रपति र माधव नेपाललाई बालेनको प्रश्न : ‘कुन मुख देखाएर जनतामाझ भोट माग्न जानुहुन्छ ?’
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एस)का अध्यक्ष माधव कुमार नेपालको चुनाव क्षेत्र तीनकुनेको समस्या ५० वर्षदेखि समाधान हुन नसकेको बताएका छन् । शनिबार सोसल सोसल मिडिया फेसबूकमार्फत् मेयर बालेनले तीनकुने पार्कको समस्य ५० वर्षदेखि समाधान हुन नसकेको बताएका हुन् ।
तीनकुने पार्कको विषयलाई लिएर राष्ट्रपति भण्डारी र पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालमाथि प्रश्न गर्दै भनेका छन्, ‘आफ्नै क्षेत्र तीनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नुभएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ?’
उनले थप भनेका छन्, ‘अझै दुई महिना छ, सरकार तपाईंकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु ।’
आदरणीय माधब नेपालज्यु तथा सम्माननिय रास्ट्रपति ज्यु, प्रधानमन्त्री बन्नु भयो रास्ट्रपति बन्नु भयो । आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाइँकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु ।