News
पहिरोमा परेर १७ जनाको मृत्यु ,९ जना अझै बेपत्ता
कैलााली । अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १७ जनाको श व फेला परेको अछामका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिनुभएकाे हाे ।
पहिरोमा पुरिएर ९ जना अझै बेपत्ता भएकाे उहाँले बताउनुभयाे । साथै ११ जना घाइतेको उद्धार गरिएको उहाँले बताउनुभयाे ।
अछामको कमल बजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोले ठूलो क्षति पुर्याएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयाे ।
क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेकाे उहाँले बताउनुभएकाे छ ।