News

दशैंमा घर जान अनलाइनबाट यसरी टिकट काट्न सकिने ।

काठमाडौं । नेपालमा अनलाइनमार्फत बस टिकेटिङ सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैँका लागि भाेलिदेखि अग्रिम टिकेट बुकिङ खुलाउने भएकाे छ ।

यात्रुहरूले नेपालका कुनैपनि गन्तव्यका टिकेट आफ्नो मोबाइलमार्फत सहजै काट्नसक्ने कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार दशैंमा घर गएका यात्रुहरूले फर्कनका लागि पनि बससेवाबाटै टिकेट काट्न सक्नेछन् । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाइल एपबाट टिकेट बुकिङ गर्न सक्नेछन् ।

बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालका अनुसार यस पटक कम्पनीकाे सिस्टममा पर्याप्त टिकेटको व्यवस्था गरिएकाे छ ।

अनलाइनबाट टिकेट काट्न ईसेवा अकाउन्ट भएका ग्राहकले सिधै आफ्नो मोबाइल तथा इन्टरनेटबाट टिकेट काट्न सक्नेछन् भने ईसेवा अकाउन्ट नभएका ग्राहकले नजिकै रहेको ईसेवा जोन तथा पोइन्टबाट टिकेट काट्न सक्नेछन् ।

अनलाइनबाट टिकट काट्न यहाँ थिच्नुहोस् ।

Related Articles

Back to top button