News

सन्दीपलाई आतंकवादीजस्ताे व्यवहार किन ? हल्ला नगरी कानूनी प्रक्रियामा जाँद के विग्रन्छ ? : प्रमोद खरेल

काठमाडौं । चर्चित गायक प्रमोद खरेलले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि अन्तर्राष्ट्रिय आतंकवादीको जस्तो व्यवहार भइरहेको टिप्पणी गरेका छन् ।

गायक खरेलले ट्वीट गर्दै लामिछानेबिरुद्ध केही तत्वहरू हात धोएर लागेकोसमेत भन्न भ्याएका छन् ।

सन्दीप यतिबेला प्रहरीको फरार सूचीमा छन् । ना बालिग ब ला त्का र गरेको आ रोप लागेपछि प्रहरीले उनलाई नियन्त्रण गर्न खोजिरहेका छन् । उनी क्यारेवियन लिग खेल्न वेष्ट इन्डिजमा रहेकै बेला प्रहरीमा उजुरी परेपछि उनी सम्पर्कविहीन बन्न पुगेका हुन् ।

यसै समयमा चर्चित गायक खरेलले सन्दिपसँग सम्बन्धित गतिविधिहरुलाई लिएर उक्त टिप्पणी गरेका हुन् ।

‘मानौं ऊ अन्तर्राष्ट्रिय आतंकवादी हो, केही तत्व (सबै होइन) हात धोएर लाग्या छन् । कानूनी प्रक्रिया पुर्‍याएर काम गरे त हुन्छ होला, जे सजाय पाउने हो पाउँछ नै यदि दोषी भए,’ उनले लेखका छन्, ‘देशको झण्डा छातिमा बोकेको मान्छे हो । हल्ला नगरि आवश्यक कानूनी प्रक्रियामा जाँदा के हुन्छ ?’

Related Articles

Back to top button