News

पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु

फाइल तस्बिर / काठमाण्डाै – काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

बिहान साढे ३ बजे घरमाथिको ढुङ्गा खानीबाट खसेको पहिरोले घर पुरिँदा ४४ वर्षका निरबहादुर तामाङ र ४० वर्षकी सावित्री तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक डीएसपी अञ्जना श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार ६५ वर्षकी ठूलीमाया तामाङ घाइते हुनुभएको छ । उहाँको उद्धार गरी उपचारका लागि बनेपा लगिएको छ । पहिरोमा परेका तीनै जना एकै परिवारका भनिए पनि साइनो खुलेको छैन।

अन्य समाचार / एजेन्सी । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाले हालै सामाजिक सञ्जालमा एक नेपाली बालिकाको डान्स भिडियो सेयर गर्दै उनलाई भेट्ने इच्छा व्यक्त गरेकी छन् ।

ती बालिका आफ्ना साथीहरूसँग रश्मिकाको सुपरहिट गीत सामी-सामीमा नाच्दै गरेको देखिएकी थिइन् । बालिकाको एक्सप्रेशन र डान्सिङ स्टेप देखेर रश्मिकाको मन छोएको उनले बताएकी छन् ।रश्मिकाले सामाजिक सञ्जालमा ती बालिकाको भिडियो सेयर गर्दै लेखेकी छिन्, ‘मेरो दिन बनेको छ, म यो प्यारी क्युटीलाई भेट्न चाहन्छु। म कसरी भेट्न सक्छु ?’

यो भिडियो रश्मिकाको फ्यानहरूले ट्विटरमा सेयर गरेका थिए। जसलाई रशिमकाले पनि देखेपछि आफ्नो ट्विटर ह्यान्डलबाट सेयर गरेकी हुन् ।

ती बालिकाले डान्स गरेको उक्त गीत रश्मिका अभिनित ब्लकबस्टर फिल्म ‘पुष्पा’ को हो । जुन फिल्ममा अभिनेता अल्लु अर्जुन रश्मिकाको अपोजिट मुख्य भूमिकामा देखिएका थिए ।

यो फिल्म प्यान इन्डिया रिलिज फिल्म थियो। जुन हिन्दी, तेलुगु, तमिललगायत सबै भाषामा सुपरहिट साबित भएको थियो ।

Related Articles

Back to top button