यतिबेला कहाँ छन् सन्दीप लामिछाने ? फरार भएका हुन्?
नेपाली क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने अहिले सम्पर्कविहीन भएका छन्। सन्दीपले आफूमाथि लागेको बला त्कारको आरोप अस्वीकार गर्दै नेपाल फर्किन्छु भनेको ५ दिन बितिसकेको छ। तर बुधबारसम्म पनि उनी नेपाल फर्केका छैनन्। २ दिन लाग्ने बाटोमा ६ दिनसम्म नआए पछि सन्दीप कता गए भनेर जनसमुदायमा चासो बढ्दै गएको छ।
शुक्रबार उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै नेपाल चाँडै फर्कन्छु भनि आफ्नो फेसबुक मार्फत बताएका थिए। टिकटको प्रकिया सकेर जतिसक्दो चाँडो नेपाल आउने उनको भनाइ थियो।उनले आफू निर्दोष भएको र नेपालको कानुनमा पूर्ण विश्वास राखेको प्रतिक्रिया दिएका थिए। साथै सीपीएलबाट बिदा लिएर केही दिनमै स्वदेश फर्कने निर्णय समेत गरेको उनले बताएका थिए।
आफूमाथि लागेको सबै आरोपहरूको सामना गर्न तयार छु भनेका उनी अहिले सम्पर्कविहीन भएका छन्। सन्दीपले वेस्ट इन्डिजबाट सामाजिक सञ्जालमा सो प्रतिक्रिया दिएका थिए। उनलाई वेस्टइन्डिज बाट काठमाडौ झर्न समान्य तय २ दिन मात्र लाग्छ। सन्दीप आइतबार वा सोमबार सम्ममा नेपाल आइसक्ने अनुमान गरिएको थियो। तर उनी अझै फर्किएका छैनन्।
उजुरी परेको १ हप्तासम्म पनि सन्दिप प्रहरीको सम्पर्कमा छैन ।
सन्दीप पछिल्लो समय क्यानसँग पनि सम्पर्कमा आएका छैनन्। उनको परिवारले सन्दीप बुधबारसम्म नेपाल आइसक्ने बताएका थिए। सन्दीपको परिवार खबर बाहिरिएको समयदेखि नै चिन्तित छ। सन्दीपको परिवार यति बेला क्यानका पदाधिकारी र कानुनी परामर्शमा रहेको बुझिएको छ।
नेपाली क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेमाथि १७ वर्षीया किशोरी माथि बलात्कार भएको भन्दै प्रहरीको प्रहरी वृत्त गौशालामा सन्दीप विरुद्ध जाहेरी परेको थियो। भदौ ५ गते सन्दीपले ति किशोरीलाई काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा घुमाउन लगेको र राति काठमाडौंको सिनामंगलस्थित एक होटलमा लगेर पटकपटक जबर्जस्ती करणी गरेको जाहेरीमा भनिएको थियो।
जाहेरी आए लगतै प्रहरीले अनुसन्धान थालेको थियो। पीडित भनिएकी किशोरीलाई एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी)मा लगेर स्वास्थ्य परीक्षण समेत गरिएको थियो। अनुसन्धानकै क्रममा प्रहरीले उनीहरू गएका होटलको ‘सिसिटिभी फुटेज’ संकलन गर्दा किशोरीले दाबी गरेकै समयमा दुवैजना होटलभित्र प्रवेश गरेको सिसिटिभीले देखाएको थियो। उक्त होटल व्यवस्थापनले सन्दीप नियमित ग्राहक भएको समेत बताएका थिए। यता उनि विरुद्ध जाहेरी पर्दा उनी क्यारिबियन प्रिमियर लिगमा सहभागी हुन वेस्ट इन्डिजमा थिए।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछाने विरुद्ध जाहेरी परे पछि उनलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको थियो। मुलुकी अपराध (संहिता)ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जब र्जस्ती करणी गर्न नहुने’ कसूरमा थप अनुसन्धान गर्नका लागि जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेको थियो।
अदालतले उनलाई पक्राउ गर्न अनुमति दिए सँगै नेपाल क्रिकेट संघ (क्यान) एक बैठक बसेर उनलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको उनलाई कप्तानबाट निलम्बन गरेको थियो।
यता अध्यागमन विभागले बला त्कार आरोपी सन्दीप लामिछानेलाई कालो सूचीमा राखेको छ। प्रहरीले पत्राचार गरेपछि अध्यागमन विभागले सन्दीपलाई कालोसूचीमा राखेको हो। प्रहरीले सन्दीपलाई नेपाल फर्किए लगतै पक्राउ गर्ने तयारी गरिरहेका छ। तर सन्दीपको अवस्था भने अज्ञात छ।