News
म निर्दोष छु : सन्दीप लामिछाने
बला’त्कारको आरोप लागेका नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष भएको भन्दै नेपाल क्रिकेट संघ क्यानलाई गुहारेका छन् ।
क्यारेवियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा गएका सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) सँगको कुराकानीमा कानुनी उपचारका लागि सहयोग गर्न क्यानलाई आग्रह गरेका छन् ।
कार्यवाहक महासचिव प्रशान्तविक्रम मल्लले सन्दिपसँग आफूहरु सम्पर्कमा रहेको समेत जानकारी दिए ।
‘हामीले कहिले फर्किने भनेर सोधेका थियौं । उसले म्याच भ्याएर फर्किहाल्छु भनेको छ,’ मल्लले भने । सन्दिपले राम्रो वकिल खोजेर सहयोग गरिदिन आग्रह समेत गरेको उनले बताए ।
एक १७ वर्षीया बालिकाले जब रजस्ती लामिछाने आफुमाथि जबर जस्ती क’रणी गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।