News

कसैको सम्पर्कमा नआउने गरि बेपत्ता भइन् नायिका पूजा शर्मा

कुनै समय सामाजिक सञ्जालमा निकै समय बतिाउने लोकप्रिय नायिका हुन् पूजा शर्मा ।

आँफुले लगानी गरेको फिल्मको प्रमोशनमा टिकटक, युट्युब, फेसबुक जताततैबाट ब्यापक प्रचार प्रसार गर्ने यी सुन्दरी अहिले भने गुमनाम छिन् । अहिले उनका आधिकारिक फेसबुक, टिकटक र इन्स्टाग्राम अकाउन्टहरु सबै निष्क्रिय रहेको बताइन्छ ।

फ्यानहरुले सामाजिक सञ्जालमा उनीबारे सोधीखोजी गरिरहेका बेला उनी हराउन पुगेकी छिन् । आँफुले अभिनय गरेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रवर्द्धन गर्न एक सातासम्मै हल दौडाहामा खटेकी पूजा एक्कासी किन यसरी लापत्ता भइन् ? फ्यानले उनलार्य खोजेको छन् ।

केहीदिन अघि मात्रै उनले फेसबुकमा एक स्टाटस लेख्दै पूजाले आफूलाई खेदिएको भन्दै गुनासो गरेकी थिइन् । हाल सामाजिक संजालबाट अलग भएकी पूजा अनमोल केसीलाई लिएर निर्माण गर्न लागेको एक नयाँ फिल्मको घोषणासँगै सामाजिक सञ्जालमा फर्किने रे ।

त्यतिन्जेली खासै आफ्नो काम नभएको र गाली खानका लागि मात्रै किन सामाजिक संजालमा सक्रिय हुन भन्दे उनी हराएकी हुन् रे । जुन कुरा उनकै स्टाटसबाट पनि रहस्यको चुरो बुझ्न सकिन्छ ।

Related Articles

Back to top button