जापान उडेको नेपाल एयरलाइन्सको जहाजमा धुवाँ देखिएपछि…
काठमाण्डाै – धुवाँ देखिएपछि काठमाण्डौ नै फर्किएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले फेरि उडान भरेको छ ।
गएराति ११ बजे १ सय ८४ यात्रु बोकेर जापानको नारिता उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजको कार्गो (सामान राख्ने ठाउँ)मा धुवाँ देखिएपछि जहाजलाई काठमाण्डाै फर्काइएको थियो ।
आरए ४३३ नम्बरको वाइडबडी जहाजमा धुवाँ देखिएपछि गएराति उडेको आधा घण्टामै काठमाण्डौ फर्किएको जहाज प्राविधिक जाँचपछि बिहान सवा १० बजे जापानको नारिताका लागि फेरि उडेको भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलका अप्रेसन स्टेशनकी मोनिका रञ्जितले जानकारी दिनुभयो ।
अन्य समाचार / दशैंका लागि आज बुधबारबाट नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दसैंका लागि बुधबारबाट नयाँ नोट साट्न थालेको हो ।
बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट बुधबारदेखि नयाँ नोट साट्न थालिएको छ ।

एक व्यक्तिले १८ हजार ५ सय सम्म साट्न पाउनेछन् । जसमा ५, १०, २०, ५० र १०० दरका हुनेछन् । राष्ट्र बैंकले बुधबारबाट नयाँ नोट साट्न थाले पनि अन्य बैंक तथा वित्तिय संस्थाले भने २ असोजबाट नयाँ नोट साट्ने छन् ।