आजदेखि दशैंलाई नयाँ नोट साट्न पाइने
दशैंका लागि आज बुधबारबाट नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दसैंका लागि बुधबारबाट नयाँ नोट साट्न थालेको हो ।
बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट बुधबारदेखि नयाँ नोट साट्न थालिएको छ ।
एक व्यक्तिले १८ हजार ५ सय सम्म साट्न पाउनेछन् । जसमा ५, १०, २०, ५० र १०० दरका हुनेछन् । राष्ट्र बैंकले बुधबारबाट नयाँ नोट साट्न थाले पनि अन्य बैंक तथा वित्तिय संस्थाले भने २ असोजबाट नयाँ नोट साट्ने छन् ।
अन्य समाचार / काठमाडौं :
गायिका समिक्षा अधिकारि अहिले नराम्रो क्षण गुजारिरहेकी छिन् । अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालतले साढे दुई वर्ष जेल सजाय गरिसकेको छ । करणीको मुद्दाबाट सफाइ पाएपनि पल शाह बाल यौ न दुरुपयोगमा भने दोषी ठहर भएका छन् ।
उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै शाहलाई साढे दुई वर्ष जेल सजाय तोकेको हो । शाहले सफाइ पाएपनि बाल यौ न दुरूपयोगमा साढे दुई वर्ष जेल कैद सजाय, २५ हजार जरिवाना र १० लाख क्षतिपूर्ति पाएका छन् ।
यसै घटनासंग जोडिएर अहिले पिडितको बारेमा बिभिन्न नकारात्मक कमेन्ट गर्नेहरुलाई तिनै गायिकाले एउटा फेसबुक स्टाटस लेख्दै आफ्ना विचारहरु राखेकी छन् ।
उनले सामाजिक संजालमा लेखेकी छन् : मलाई माया गरेर यो स्थानसम्म पुर्याउनु हुने सम्पूर्ण श्रोता तथा दर्शकबृन्दहरुमा मेरो हार्दिक नमस्कार!
यहाँहरू सबैलाई अवगत भएकै कुरा हो। म बिगत लामो समयदेखि एउटा दुखद घटना भोगिरहेकी छु । उक्त घटना मेरो र नेपालको कलाकारीता क्षेत्रका निम्ति नै दुखद घटना हो।
सामाजिक सञ्जालमा मेरो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला।
बाँकि रह्यो पैसाको कुरा मैले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन। क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन। म आफ्नो अस्मिता रक्षाका लागी आफ्नो ठाउँमा अडिग छु। यहाँहरुको साथ सहयोग र सकारात्मक बिचारले मेरो सांगितिक क्षेत्रमा समेत सहयोग पुग्ने आशा लिएकी छु ।