News

बेहुला भागेपछि बेहुलीले गरिन पाहुनासँग विवाह

काठमाडौं । बेहुला मण्डपबाटै भागेपछि भारतमा बेहुलीले त्यही मण्डपमै अर्कै पुरुषसँग विवाह गरेकी छिन् ।

कर्नाटकको चिकामगालुरु जिल्लाको तिरिकारे तालुक गाउँमा बेहुला नबीन विवाह समारोहबाट भागेका हुन्। विवाहको मण्डपबाट अचानक बेहुला हराएपछि उनको खोजी गरिएको थियो।

अनेक प्रयास गर्दा पनि नवीन नभेटिएपछि बेहुली सिन्धुले विवाहमा पाहुनाको रुपमा उपस्थित भएका एक पुरुषसँग सोही मण्डपमा विवाह गरेकी थिइन् ।

सिन्धुको परिवार र ती पुरुषका परिवारबीच सहमति भएपछि विवाह गरिएको बैंगलौर मिररले जनाएको छ।

विवाहको दिन भाग्ने नबीन र उनका परिवारमाथि बेहुलीको परिवारले मानहानीको मुद्दा हालेका छन्।

Related Articles

Back to top button