गायिका शान्तिश्री परियारको नयाँ गीत सार्वजनिक ( भिडियो सहित )
गायिका शान्तिश्री परीयार र गयक तथा सर्जक जीबन कंडेलको पानी घटक्कै जीबन साथी युटुब मार्फत सार्वजनिक भएको छ ।
(पानी घटक्कै मिलेको जिउ तिम्रो रैछौ चटक्कै ) बोलको गीत शब्द तथा लय श्रीजना जीबन कंडेलले गरेका छन।
शान्तीश्री परीयार र जिबन कंडेलको सुमधुर स्वर मा सजिएको यो गीतको म्युजिक एरेन्ज महेन्द्र भण्डारीले गरेका छन , यस गीतमा मोडल एबम डान्सर करीस्मा ढकाल र सुधिर श्रेष्ठले अभिनय तथा डान्स गरेका छन, जसको निर्देशन मौसम हिमालिले गरेका छन ।
पुरा भिडियो हेर्नुस्:
यो पनि:लोक दोहाेरी क्षेत्रकी लोकप्रिय गायिका शान्तिश्री परियार केही समययता सामाजिक संजालमा कम सक्रिय थिइन् । सन्तानकी आमा बन्दै गरेकी उनी केही समय बाहिर देखिएकी थिइनन् । बिवाह गरेको बर्षौपछि उनी आमा बनेकी हुन् । र यतिबेला उनको दैनिकी छोरीको स्याहार सुसार बनेको छ । मातृत्वको भरपूर्ण उपयोग गरिरहेको उनी बताउँछिन् । साेमबार उनले छाेरीकाे अन्नप्राशन गरेकी छिन् । छोरीको नाम श्रीविन्दू राखेकाे उनले बताइन् । नि’षेधाज्ञाका कारण उपस्थित हुन नसकेका परिवारजनसँग उनले भर्चुल सम्वाद गरेकाे फाेटाे पनि सार्वजनिक गरेकी छिन् । गलबन्दी , बोल माया चौका दाउँ, लाउन्न दाजै पिरती, म झरेको पात लागायतका दर्जनौ गीतहरुले नेपाली दर्शक श्रोताहरुको मन जीत्न सफल भएकी छिन् शान्तिश्री । नेपाली लोकदोहरी क्षेत्रमा चर्चामा रहने नामहरुमध्य शान्तिश्री अग्रपंक्तिमा आउछ । उनको शालीन् व्यक्तित्व र सरल स्वभावले सबैको मन जितेको छ ।
रोल्पाको एक सामान्य परिवारमा जन्मिएकी गायिका शान्तिश्री गीतहरुको लोकप्रियताकै कारण विश्वका कयौं देशहरुमा आफ्नो प्रस्तुति दिइसकेकी छिन् ।दश वर्ष अघि बैवाहिक जीवनमा बाँधिएकी शान्तिश्री विभिन्न स्टेज कार्यक्रम तथा गीत रेकर्डिङ र सुटिङको व्यवस्ताको कारणले सन्तान जन्माउने विषयमा ठोस योजना बनाउन नसकेको बताउँछिन् । अब भने उनमा खुशीकाे सीमा छैन । पछिल्लो समय कोरोनाको प्रभावले लामो समय सम्म लकडाउन हुने र स्टेज कार्यक्रम तथा अन्य सांगीतिक कार्यक्रमहरुकम हुने भएपछि आफूहरुको लागि यो समय सन्तान जन्माउनका लागि उत्तम लागेर योजना बनाएको लुम्बिनी संचारसँग अनुभव सुनाइन् ।योजना अनुसार नै गत माघ दश गते छोरीको जन्म भयो । आमा बन्न पाउँदा अत्यन्त खुशी भएको र आफ्नौ वैवाहिक जीवनले पूर्णता पाएको उनले बताइन् । शान्तिश्रीका श्रीमान नारायण भुजेल सामाजिक कार्यकर्ताकाे रुपमा क्रियाशील छन् ।