पोखरामा थपियो लकडाउन
कोभिड १९ को सङ्क्रमण रोकथामका लागि कास्कीमा पुनः थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयका आधारमा आदेश जारी गर्नुभएको हो ।
प्रशासनले जारीको गरेको आदेशलाई अवज्ञा गरिएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने जनाइएको छ ।
आज थप ६,९३९ जनामा कोरोना संक्रमण पुष्टि, ७,२२६ जना संक्रमणमुक्त
नेपालमा पछिल्लो घण्टामा देशभर ६,९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२० हजार ४१४ जनाको पीसीआर र ५७८ जनाको एन्तिजेन परीक्षणमा ६,९३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ७,२२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ४ लाख १८ हजार ८२९ पुगेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ४७६ रहेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १०६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ९५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।