News

आमाको मृत्यु : बुवा अर्को विवाह गरेर भारत गए, यि ४ बालबालिकाको बिचल्ली

काठमाडौ । बाजुरा बडिमालिका नगरपालिका–२ माझीगाउँमा नाबालक चार भाइबहिनी अलपत्र परेका छन्। मजदुरी गरेर जिवन चलाउने उनको बुवा भारतमा गएका छन् । बुवाले पनि अर्को विवाह गरेर भारत गएका यि चार बालबालिकाको बिचल्ली भएको हो ।

आमाको मृत्यु र बुवाले अर्को बिहे गरेर भारत गएपछि चार भाइबहिनी अलपत्र रहेको वडाध्यक्ष डम्मर महतले बताएका छन्। अलपत्र पर्नेमा सात वर्षीया करुणा नेपाली, छ वर्षीया कोपिला नेपाली, चार वर्षीया स्माया नेपाली र तीन वर्षीय धुव्रराज नेपाली छन्।

आमा रेखा दमाईको उपचारका क्रममा दुई वर्ष पहिला भारतमा मृत्यु भएको थियो भने बुवा विनय नेपालीले अर्को बिहे गरेर भारत गएपछि अलपत्र रहेका वडाध्यक्ष महतको भनाइ छ।

यो अर्को समाचार, नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन भएको छ। संक्रमित भएपछि छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेका केसीको बिहीबार बिहान निधन भएको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए।

केसी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति थिए। एक महिनादेखि अस्पतालमा रहेका उनलाई केही भन्टिलेटरमा समेत राखिएको थियो। महामारीमा संक्रमित भएर ज्यान गुमाउने केसी नेपाली सेनाका उच्च अधिकारी हुन्।

Related Articles

Back to top button