काठमाडौं जेष्ठ १३ गते । कलाकार राज्यको गहना हुन् । उनिहरु आफ्नो मनको पीडा र परिस्थितीलाई हेरेर गित मार्फत ढाल्ने गर्दछन् । कलाकारिता क्षेत्रमा थुर्पै चुनौतिहरु छन् । ति चुनौतिहरुलाई सामना गर्दै जाँदा सफल्ता पनि मिल्छ । ति चुनौतिहरुको सामना गर्दागदै पनि कलाकारले सफलता नमिलेको तितो अनुभव भोग्नुपरेको छ । कलाकारिता क्षेत्रमा अनबरत रुपमा सँघर्ष गर्दा गर्दै पनि जस पाउन सकेका छैनन कलाकारले । कोहि त्यस्ता कलाकार छन कि जहाँ बिहान बेलुका हात मुख जोड्न पनि हम्य हम्य छ । झन त यो कोरोना महामारिले कलाकारको जिवन अस्तव्यस्त बनाएको छ ।
कलाकारिता क्षेत्रमा अनबरत रुपमा सँघर्ष गर्दा गर्दै पनि सफलता प्राप्त गर्न नसकेका एक पात्र हुन नारायण राई। पिता कृष्णमान राई र माता राम लक्ष्मी राइको कोखबाट बि.स. २०४५ सालमा जन्मीनुभयो नारायण राई । नारायण राई अगाडि २ वटा दाईहरु हुनुहुन्छ । उहाँ परिवारको तेस्रो सन्तान हो । र उहाँ भन्दा पछाडि एउटा भाइ हुनुहुन्छ । उहाँको जन्मघर ओखलढुङगा जिल्लाको मानेभञ्ज्याङ गा.पामा जन्मीनुभएको हो । ओखलढुङगा जिल्लामा जन्मीनुभएको नारायण राई नारायण राई सानैदेखि मेहनति र परश्रमी हुनुहन्थ्यो । नारायण राई एक सामान्य पविारको छोरा हुनुहुन्छ । उहाको बुवा गर्भमै टुहुरो हुनु भएको थियो ।
उहाँको बुवाले मज्दुर गरेर ल्यायाएको एकमुठि अन्न बाँडेर खानु पथ्र्यो । कहिले काँहि भोकै पनि बस्नु पथ्र्यो । नारायण राइको बालापनको जिवन ओखढुङगामै घाँस दाउरा उकालि ओराली गरेर बित्यो । पढेर ठुलो मान्छे बन्ने सपना थियो नारायण राइमा तर त्यो सपना सबै चक्नाचुर भयो । अहाँ कक्षा छ मा पढ्दापढ्दै घरको गरिबि र दुखलाई देख्न नसकेर बिचैमा छोड्नुभयो । उहाँ ओखलढुङगाबाट च्यातिएको हाप पाइन्ट र खालि खुटटा काठमाण्डौं होमिनु भयो । तर उहाँको त्यो यात्रा उदेश्य बिहिन थियो । उहाँ १० बर्षको हुनुहुन्थ्यो । घरको कमजोर अर्थिक स्थिती र गरिबको दरदरताले थिचिएको जिवनलाई शान्ति दिन काठमाण्डौ होमिनुभयो । १८ बर्ष सम्म कलाकारिता क्षेत्रमा अनबरत रुपमा सँघर्ष गर्दा पनि सफल हुन नसकेको तितो अनुभव छ उहाँसँग । उहाँ भन्नुहन्छ आफुले बाँड्नुपर्नेमा अहिे आफुले नै मागेर हिँड्नुपरेको छ ।
जिवन एक कठिन यात्रा हो एक सँघर्ष हो कठिन यात्राको बावजुत पनि उहाँले बिहे गर्नुभयो । उहाँको काँधमा जिम्मेवारी थपियोे ।सानैदेखि उहाँ गितहरु गुनगुनाउनुहुथ्यो । ५८ सालमा आमा को स्र्गबास भयो । उहाँ झन दुखि हुनु भयो । आमा गुमाउनुको त्यो पीडा लाई भुल्न उहाँले बि.स २०६० सालदेखि लाइभ दोहोरीबाट अफ्नो कलाकारिता यात्रालाई सुभारम्भ गर्नु भयो । बि.स. २०७५ सालमा बुवालाई गुमाउनु प¥यो । आमा र बुवा दुबैलाई गुमाउँदा सबै भन्दा कालो दिन त्यो नै भयो नारायण राइको लागी । देश भरि निषेधज्ञा छ । जनता रोगले होइन भोगले मर्ने बेला भएको छ । नारायण राइलाइ पनि यस्तै पिडा छ । छोरा छोरीले मिठो खान खोज्दा मन कुँडियर आउँछ ।
कलाकारका थुप्रै सँघ सँस्थाहरु छन् ।
कलाकारको हक हितको निमित्त बोल्ने नियमन निकायहरु छन् । तर ति निकायहरुले आफुलाइ सहयोग नगरेको गुनासो छ उहाँमा । धेरैपटक असफलताको स्वाद चख्नुभएको नारायण राई मृत्युलाई अँगाल्न बाध्य हुनुभयो । तर सक्नुभएन । यो दुखको कुरा मेरो जिवन सँगिनिलाई भन्न चाहान्न उहाँले भन्नुभयो म एक असफल यात्री हुँ । नारायणको जिवन सबै डामाडोल छ कलाकार भएर एउटा गीत रेकर्ड गर्ने एक रुपैया छैन खाने गास छैन । बिशाल काठमाण्डौं शहरमा एउटा सानो कोठा लिएर बसेका नारायलाई निकै पीडा छ । हेर्नुहोस उहाँको भिडियो सामाग्री…