धापसी बसुन्धरा घर भइ विगत आठ वर्षदेखि न्युरो अस्पताल बाँसबारीमा काम गर्दै हुनुहुन्छ।उपेन्द्र देवकोटा जसको नाम लिनेबित्तिकै पनि धेरै जना बिरामीहरू निको भएको महसुस गर्दथे।त्यहाँको अस्पतालमा काम गर्न पाउँदा आफूलाई पनि ज्यादै खुसी लागेको उनी बताउँछिन्।हस्पिटलमा एकदमै सपोर्टिङ वातावरण छ र सबैजना फ्यामिलिअर हुनुहुन्छ त्यसैकारण काम गर्नलाई सहज भएको कुरा उनी बताउँछिन्।
उनी भन्छिन्,”उपेन्द्र देवकोटासँग काम गर्न पाउनु नै मेरो लागि सबैभन्दा खुसीको कुरा थियो।उहाँ अहिले हामीमाझ नभएपनी उहाँसँग भएका सम्पूर्ण मेमोरिहरू हामीमाझ छन्।” हस्पिटल भरसक नजानु बरु घरमै उपचार गरेर बस्नु भन्नेहरू धेरै छन् यसमा के भन्न चाहनुहुन्छ भन्ने प्रश्नको जवाफमा उनी भन्छिन्,सामान्य अवस्था छ भने त घरमै बस्दा हुन्छ तर यदि गाह्राे भयो भने त जानुपर्ने ठाउँ अस्पताल नै हो। अस्पताल नै नगएर अन्त कहाँ जानू होला र! मलाई चाहिँ अस्पताल जाँदा त्यस्तो नराम्रो हुन्छ भन्ने लाग्दैन किनभने हामीले आजसम्म कसैलाई पनि नराम्रो गरेका छैनौं।
तर कतिपय मानिसहरू प्राइभेट हस्पिटलमा उपचार गर्नको लागि फन्ड म्यानेज गर्न सक्नुहुन्न तसर्थ उहाँहरू सरकारी अस्पताल लैजानुहुन्छ।त्यहाँ यति राम्रो सेवा नभएको त हामी सबैले मनन गरेका पनि छौँ तर हामी सबैको बाध्यता यही छ। म त भन्छु अस्पताल प्रशासनहरूलाई धेरैफन्डहरू आइरहेको पनि हुन्छ बरु त्यहाँबाट डाक्टर तथा नर्सहरूलाई नदिनुहोला र त्यो पैसा सबै बिरामीको उपचार खर्च गरिदिनु होला।
उहाँ अस्पतालमा उपचार गर्न आउनुभएको बिरामीहरूको सम्झना गर्दै भावुक भएर एकजना बिरामी जो आफ्नो कोभिड सं क्रमित आमालाई बचाउनको लागि सिलिन्डर लिन जाँदा भर्याङबाट लड्नुभएको थियो र त्यसपछि उहाँको त्यही सिलिन्डर लडेर ढाड भाँचिएको थियो।उहाँ उपचार गर्नलाई भनी आउनुभएको थियो तर कोभिडको कारणले उहाँको मृ’त्युु हुन पुग्यो। यो कुरा सम्झँदै आफूलाई सारै नराम्रो फील भएको कुरा उनी बताउँछिन्।
त्यसैगरी कतिपय बिरामीहरूको मृ’त्यु भएर प्लास्टिकमा बेरेर हामीले लैजाँदै गर्दा हामी पनि प्लास्टिकको पिपिइ भित्र बेरिएका हुन्छौं। आफन्तले अन्तिम पटक हेर्न खोज्दा पनि हेर्न पाउनुहुन्न त्यसमा चाहिँ हामीलाई सारै दु’खि’त बनाउँछ। कृपया उनै नर्स अनिता थापासँग गरिएको कुराकानीको भिडियो तल दिइएको छ,हेरेर प्रतिक्रिया दिनुहोला।धन्यवाद!
भिडियो:-