टिकटक बनाउन झुण्डिने क्रममा पासो लागेर ११ बर्षिया बालिकको ज्यान गयो
उदयपुरको चौदण्डीगढी नगरपालिका ९ मा ११ बर्षिय बालिकाको टिक टक बनाउने क्रममा ज्यान गएको छ । टिकटक बनाउन मुढा राखेर सलको पासो लगाई भिडियो बनाउने क्रममा मुढा चिप्लिएर पासो लाग्दा चौदण्डीका जीतबहादुर बस्नेतका छोरी संजीता बस्नेतको ज्यान गएको स्रोतले जानकारी दिए । मोबाइल धरिनमा राखेको अवस्थामा फेला परेको र घाटीमा सलको पासो बनाएर बाई बाई गरेको भिडियो देखिएको स्रोतले जनाएको छ ।
आमा बुबा भान्सा कोठामा खाना खाईरहेको अवस्थामा छोरीले अर्को कोठामा टिकटक बनाउने क्रममा बुधबार साँझ झुण्डिएर ज्यान गएको स्रोतको भनाई छ ।
बालिका आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भिवबहादुर दाहालले जानकारी दिए । ‘सलको पासो बनाएर झुण्डिएको भिडियो फुटेज देखिन्छ, भिडियो फुटेज अनुसन्धानकै क्रममा रहेकोले फोरेन्सिक ल्याब पछि मात्रै बताउन सकिन्छ ।’ एसपी दाहालले भने, ‘भिडियो झुण्डिएकै दिनको हो कि अरु दिनको हो, अनुसन्धान पश्चात थाह हुनेछ ।’