‘एउटा यस्तो प्रेम कहानी’ (भिडियो हेर्नुहोस)
अभिनेता शिव श्रेष्ठले निर्माण गरेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को शिर्ष गीत सार्वजनिक गरिएको छ । एउटा यस्तो प्रेम कहानीको भिडियोमा शक्ति श्रेष्ठ र कविता मानन्धर रोमान्टिक रुपमा प्रस्तुत भएका छन् ।
शिव श्रेष्ठका छोरा शक्ति र करिश्मा मानन्धरकी छोरी कविताले एउटा यस्तो प्रेम कहानी मार्फत ठुलो पर्दामा डेव्यु गरेका हुन् । फिल्मको सार्वजनिक गीतमा बसन्त सापकोटाको संगीत, विश्व नेपाली र अस्मिता परियारको स्वर छ ।
दिपेश सापकोटा निर्देशित फिल्म ‘एउटा यस्तो प्रेम कहानी’मा शिव श्रेष्ठ सहित प्रियंका कार्की, आयुष्मान जोशी, बर्षा राउत, संजोग कोइराला, मिथिला शर्मा, बसुन्धरा भूषाल लगायत दर्जन कलाकारहरुको अभिनय छ ।
फिल्मलाई शिव श्रेष्ठ, दिनेश दर्शनधारी, यशोदा राई, तुम्बाम्पेले निर्माण गरेका हुन् । एउटा यस्तो प्रेम कहानी माघ १ गतेदेखि प्रदर्शनमा ल्याउन तयारी सहित निर्माण टिमले टाइटल संग सार्वजनिक गरेको हो ।