News
आज थप ६,७१४ जनामा कोरोना संक्रमण पुष्टि, ६,७१६ जना संक्रमणमुक्त
नेपालमा पछिल्लो घण्टामा देशभर ६,७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१९ हजार ३० जनाको पीसीआर र ३२२ जनाको एन्तिजेन परीक्षणमा ६,७१४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ६,७१६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ रहेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ८४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।