EntertainmentVideo
मोडलिङमा मात्रै नभई गायन क्षेत्रमा पनी जम्दै ओवी रायमाझी “रेलको तखत” (भिडियो)
काठमाडौँ । पछिल्लो समयमा म्युजिक भिडियोमा निक्कै जमेका मोडल ओबी रायमाझीले ‘रेलको तखत’ बोलको गीत लिएर बजारमा आएका छन् ।
मोडलिङमा निक्कै ख्याति कमाएका रायमाझीले गीत पनि उत्तीकै राम्रो गाएका छन् । प्रकाश पराजुलीको शब्द रहेको दोहोरी गीतको संगीतसमेत उनैले गरेका छन् ।
ओबीलाई गायनमा मेलिना मैनालीले साथ दिएकी छन् भने गीतमा कृष्ण बिके ‘भन्जा’ ले एरेन्ज गरेका छन् । गीतको अडियो मिक्सिङ श्यामस्वेत रसाइलीले गरेका छन् ।
ओबी रायमाझीकै युट्युब च्यानलमार्फत शुक्रबार म्युजिक भिडियोसहित गीत सार्वजनिक भएको हो । युवराज वाइबाको निर्देशन रहेको भिडियोमा ओबी आफैँले अभिनय गरेका छन् भने गायिका मेलीनाले पनि आफैँ अभिनय गरेकी छन् ।
भिडियोको छायांकन निश्चल पौडेलले र सम्पादन बिकाश दाहालले गरेका छन् ।