नयाँ स्वरुपको भाइरस अनियन्त्रित भएपछि फेरि लकडाउन
बीबीसी। कोरोनाको दोस्रो चरणको भाइरस सुरु भएसँगै बेलायतमा पुनः लकडाउनको घोषणा गरिएको छ। प्रधानमन्त्री बोरिस जनसनले नयाँ स्वरुपको कोरोना भाइरस अनियन्त्रित हुँदै गएको भन्दै देश ब्यापी लकडाउनको घोषणा गरेका हुन्।
बेलायति प्रधानमन्त्री जनसनले लकडाउनको घोषणा गरेसँगै सम्पूर्ण जनतालाई घरभित्र बस्न अपिल पनि गरेका छन्। बीबीसीका अनुसार मंगलबारदेखि विद्यालयदेखि विश्वविध्यालयसम्मको पढाई रिमोट स्टडीमार्फत संचालन हुने छ।
बेलायतमा लकडाउन भएसँगै मानिसहरु घर बाहिर निस्किन करिव–करिव प्रतिबन्ध लगाइएको छ। अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्किन सबैलाई अनुरोध गरिएको छ। यो प्रतिवन्ध फेब्रुअरीसम्म लागु हुने छ।
प्रधानमन्त्री जनसनले देशवासीका नाममा सम्बोधन गर्दै भने, ‘जुन तरिकाले संक्रमण बढीरहेको छ, अब के स्पष्ट हुन्छ भने हामीले अरु धेरै मेहनत गर्नुपर्ने जरुरी छ। त्यसैले हामीले देशव्यापी लकडाउन गर्नु परेको छ। जरुरी काम बाहेक कोही पनि घरबाहिर ननिस्कनु होला।’
जनसनका अनुसार बेलायतमा तुरुन्त एक्शन नलिए अझै नयाँ स्वरुपको कोरोनाबाट संक्रमित हुनेको संख्या बढ्ने छ। बीबीसीका अनुसार बेलायतमा खोपको सबैभन्दा ठूलो कार्यक्रम सुरु भइसकेको छ। यूरोपको भन्दा धेरै मान्छेहरुमा बेलायतमा भ्याक्सिन दिएको पनि जनसनले सम्बोधनका क्रममा बताएको बीबीसीले जनाएको छ।
प्रधानमन्त्रीले भनेका छन्, ‘यदि हामी यो अवस्थामा ठिक भयौं भने फेब्रुअरीको मध्यसम्म नियन्त्रणमा लिन सफल हुने छौं।’