News

समाजसेवी पत्रकार रेशम बोहोराको ममतामयी आमाको असमाहिक नि’धन

चर्चित समाजसेवी पत्रकार रेशम बोहोराको ममतामयी आमाको असमाहिक नि’धन।अस्ति मिति २०७८/०२ /०९ गते बिहान ४ बजे आइतवारका दिन समाजसेवी पत्रकार रेशम बोहोराको ममतामयी आमाको असमाहिक नि’धन भएको छ। ६५ वर्षीय आमा कौशिला बोहोरा बाग्लुंगको बरेङ गाउँपालिका ४ सल्यान निवासी भएता पनि हाल नवलपरासीको बर्दघाटमा छोरा रेशम बोहोरासँग बस्दै आउनु भएको थियो।

पारिवारिक श्रोतका अनुसार आमालाई शारीरिकरुपमा कुनै समस्या देखिएको थिएन तर ३ दिन अगाडी आफ्नी बहिनीको असमाहिक मृत्युको कारण आमा अलि चिन्तित र दुखि देखिनु हुन्थ्यो। बहिनी लाल माया बोहोराको टाईफाइट बिग्रिएर ३ दिन अघि निधन भएको थियो। बहिनीको निधनपछि पिसिर परिक्षण गर्दा नेगेटिभ देखिएको परिवारले बताएका छ। दिदि बहिनी दुवैको एकै कुल खान्दानमा बिहे भएको थियो।

आफ्नी सानीआमाको मृत्युले स्तब्ध भएको अबस्थामा झनै आमाको निधनले यति बेला पत्रकार रेशम बोहोरालाई अशैय मातृशोक परेको छ। आमा कौशिलाको कोखबाट ३ छोरा र ३ छोरी गरी ६ सन्तानको जन्म भएको थियो। जसमध्य रेशम कान्छो छोरा हुन्। आमा कौशिला केहि दिन यता बाग्लुङ्ग हुनु हुन्थ्यो। कुल पुजा गर्न बुडो घर (कुल घर) बाग्लुङ्ग जानु भएकी आमा कहिले नफर्किने गरी अस्थाउनु भयो।

बाग्लुङ्ग गएलगत्तै लकडाउन भयो जसको कारण आमा नवलपरासीको घरमा आउन पाउनु भएन। यति बेला रेशम बोहोरा लगाएत सम्पूर्ण परिवार आमाको अन्तिम सस्कारका लागि बाग्लुङ्गमा गएको छन्। रेशम बोहोरा सहित अर्को एक भाई गरि दुई भाई सहित बुवागरी तिन जना आमाको किरियामा बसेका छन् भने माइलो दाई यति बेला बैदेशिक रोजगारीको सिलसिलामा साउदीमा हुनु हुन्छ। आज आमाको किरिया बसेको ठिक २ दिन भयो।

चर्चित समाजसेवी पत्रकार रेशम बोहोराको ममतामयी आमाको असमाहिक निधन प्रति यति बेला हामी मर्माहित छौँ यो दुखद घडीमा आमाको चिर शान्तिको कामना गर्दै सोकाकुल परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति मिलोस् यहि कामना गर्छौँ।

Related Articles

Back to top button