भारतमा संक्रमितको संख्या ह्वात्तै घटेपछि खुसीयाली
एजेन्सी । भारतमा केही समय देखि महामारीका रुपमा फैलिएको सं क्र म ण घट्दै गएपछि स्वास्थ्यकर्मी र सर्वसाधारणहरुले सन्तोषको सास फेरेका छन् । अब महामारी घट्दै गएको भन्दै स्वास्थ्यकर्मीहरुमा खुसीयाली छ । भाइरसको प्रभाव दैनिक घटिरहेको देखिएको छ। गत मे ८ देखि त संक्रमितको संख्यामा ह्वात्तै कमी आएको छ।
गएको २४ घण्टामा भारतमा दुई लाखभन्दा कम संख्यामा संक्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सुखद पक्ष भएको मन्त्रालयको भनाई छ ।
१ लाख ९६ हजार ४२७ नयाँ कोरोना संक्रमित थपिँदा सोही अवधिमा ३ हजार ५११ को ज्यान गएको छ। कोरोना संक्रमित हुनेको संख्या अप्रिल १४ यताकै कम भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मृतक दर र संक्रमित दर दुवैमा कमी आएको हो। यस्तै गएको २४ घण्टामा भारतमा ३ लाख २६ हजार ८५० कोरोनामुक्त भएका छन्। यहाँ संक्रमित हुनेभन्दा रोग मुक्त हुने दर पनि बढी छ।
तथ्यांकअनुसार यसै मे महिनाको ८ तारिखसम्म भारतमा दैनिक ४ लाखको दरले संक्रमित थपिरहेका थिए। त्यस मितिबाट ह्वात्तै संक्रमितहरु घटिरहेका छन्। गएको दुई हप्ताको अवधिलाई मध्यनजर गर्दा भारतमा सं क्रम ण मा ५० प्रतिशतले गिरावट आएको छ।
भारतमा कुल संक्रमितको संख्या २ करोड ६९ लाख ४८ हजार पुगेको छ भने ३ लाख ७ हजारले ज्यान गुमाइसकेका छन्। अहिलेसम्म २ करोड ४० लाख ५४ हजार रोग मुक्त भएका छन् भने त्यहाँ २५ लाख ८५ हजार सक्रिय संक्रमित छन्।