News
४० वर्ष उमेर पुगेका एकल वा अविवाहित महिलालाई सामाजिक सुरक्षा भत्ता
काठमाडौं । सरकारले ४० वर्ष उमेर पूरा गरेका एकल वा अविवाहित महिलालाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ ।
सरकारले भर्खरै मात्र सामाजिक सुरक्षा ऐन, २०७५ लाई अध्यादेशमार्फत संशोधन गर्दै पतिसँग सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेका र विवाह नगरी बसेका महिलालाले ४० वर्ष कटेपछि भत्ता पाउने व्यवस्था गरेको हो ।
सरकारले तोकेको भन्दा न्यून आय भएका एकल महिलाका लागि भत्ताको व्यवस्था गरेको हो । ६० वर्ष नाघेका एकल महिला भने सबैले भत्ता पाउने व्यवस्था कायमै छ ।
यसअघि ऐनको दफा ७ मा ६० वर्ष उमेर पुगेका असहाय एकल महिलाले तोकिए बमोजिम सामाजिक सुरक्षा भत्ताको रूपमा सरकारले तोकेको असहाय एकल महिला भत्ता पाउने उल्लेख थियो ।