Entertainment
नायक पल शाहले काठमाडौंमा करोडौंको घर किन्दै
नायक पल शाहले घर किन्ने तयारीमा ललेका छन् । उनले यसका लागी बैना गरिसकेको र घर किन्ने पक्का जस्तै भइसकेको बताएका छन् ।
एक अन्र्तवार्तामा उनले घर किन्नका लागी बैना गरिसकेको खुलाएका हुन् ।उनले सपनको घर किन्न लागेको भन्दै खुशी समेत व्यक्त गरेका छन् ।
यद्यपी उनले घरको मूल्य भने खुलाएनन् । उनले घर किन्ने भएपछि नायिका पुजा शमा लगायतले बधाइ दिएका छन् ।पल शाह पछिल्लो समय म्युजिक भिडियोमा अत्यन्तै व्यस्त रहेका छन् ।
कोरोना सुरु भएपछि लकडाउन यता मात्रै उनले म्युजिक भिडियो खेलेरै ३ करोड कमाएको समाचार बाहिर आएको थियो ।
उनी दैनिक जसो नयाँ नयाँ भिडियोमा देखिएका छन् । उनी प्रति भिडियो डेढ लाख लिने गरेको बताइन्छ ।साथै उनी अभिनित पछिल्लो फिल्म म यस्तो गीत गाँउछु हो जुन प्रर्दशनको तयारीमा रहेको छ ।