News
सगरमाथाको चौथो क्याम्पम फेला परेका शव काठमाडौं ल्याइयो
काठमाडौँ । सफा हिमाल २०२१ अन्तर्गत सगरमाथाको चौथो क्याम्पमा भेटिएका दुई जनाको शव नेपाली सेनाले आज हेलिकप्टरमार्फत काठमाडौं ल्याएको छ।
सगरमाथामा रहेको फोहोर संकलन गर्ने क्रममा सेनाले ती शव फेला पारेको थियो। दुई शवमध्ये एक सन् २०१९मा सगरमाथा आरोप गरी फर्कने क्रममा मृत्यु भएका अमेरिकी नागरिक क्रिस्टोफ कुलिसको रहेका छन्।
अर्को शवको भने पहिचान हुन नसकेको सेनाले जनाएको छ। हिमाल अभियानमा खटिएका डाक्टर अधिकृतको प्रारम्भिक मेडिकल प्रतिवेदन र लुक्ला स्थित जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको प्रहरी मुचुल्का सहित शव व्यवस्थापनको लागि आजै शिक्षण अस्पताल, महाराजगंजमा बुझाईएको जनाइएको छ ।