News

नेपालीको लागि खुसीको खबर – नेपालमा को’रोना संक्र’मित र निको हुने बराबर जस्तै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ, यस्तै ७ हजार १३५ जना निको भएका छन् । पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा १८५ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ हजार ५३१ पुगेको छ ।यस्तै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख २० हजार नाघेको छ भने निको हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।
हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ ।

Related Articles

Back to top button