सोमबार कोरोना संक्रमणबाट १ सय ८५ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ७ हजार ४२५ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर २० हजार ४५३ जनाको पीसीआर–एन्टिजेन परीक्षण ७ हजार ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
१९ हजार ८४६ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ७ हजार २२० र ६ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा मुलुकभर ७ हजार ४२५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५ लाख २० हजार ४६१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार १३५ संक्रमित निको भए, १८५ को मृत्यु
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ७ हजार १३५ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ७ हजार १३५ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।
यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ९ सय २४ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २० हजार ४५३ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २९ लाख ३६ हजार ३१४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप १ सय ८५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ ।