आजैको दिन घटे’को थियो रुकुम जाजरकोटमा भयानाक घ’टना , नवराज बिकको प्रेम अन्त्य भयको त्यो कालो दिन
गत बर्ष २०७७ साल जेठ १० गते रुकुम जाजरकोटमा अत्यान्तै दुख लाग्दो घटना घटेको यहाहरु सम्पूर्णलाई स्मरण नै छ। आजैको दिन घटेको त्यो घटनाले सिंगो नेपालनै शोकमा डुबेको थियो।
नवराज बिक संग प्रेम सम्बन्धमा रहेकी सुस्मा मल्ल संग जोडियको घटना थियो। लामो समय देखि प्रेम सम्बन्धमा रहेका उनीहरु प्रेम सफल पार्न भनि नवराज बिक र केहि साथीहरु को टोलि सहित सुस्मालाई भगाउन भनि सुस्माको गाउ पुगेका थिए।
उक्त समयमा कोरोनाको त्रास थियो र सुस्माको गाउका केहि व्यक्तिहरुले महामारीको बिचमा किन अर्काको गाउमा आको भनि प्रश्न गरे। उक्त गाउका केहि समुहले भने प्रहरी बोलाउनु पर्छ भनि प्रहरीलाई सम्पर्क गरे।
१९ जनाको समूह भने एक ठाउमा जम्मा भयर बसेका थिय। त्यहि समयमा गाउका केहि मानिसहरु भने नवराज र उनका साथीहरु तिर दौडदै आयको देखे। उक्त समूह देख्न साथ आफ्नो ज्यान जोगाउनकै निमित्त भेरी नदि तिर हाम फाले। तर उक्त नदीले नै लग्यो ६ जनाको ज्यान। त्यतिका समय सम्म सुस्मा मल्ल भने चुपचाप थिइन्।
कतिको घर उजाडियो त कति सिउदो को सिन्दुर पुच्छियो। मृ’त्यु हुने नवाराज बिक , टिकाराम सुनार , गणेश बुढा , लोकेन्द्र सुनार, सन्दिप बिक र गोबिन्द शाही रहेका थिए। आज पनि उक्त घटना स्मरण गर्दा सबैको मन रुन्छ। मृत्यु हुने सम्पूर्णमा हार्दिक समबेदना, स्वर्गमा बास होस्।