कुलेन्द्र बिश्वकर्मा र समिक्षा अधिकारीको आवाजमा “सिलौटोमा चटनी” टिकटक देखी युट्युव सम्म चर्चामा (भिडियो सहित)
कापी कलम भेट नभई माया लेखिदैन तिम्रो माया मुटुमै छ हेर्दा देखिदैन”
काठमाडौं— पछिल्लो समयको सांगीतिक बजारमा नेपाली लोक गीत संगीत चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गीत सबै दर्शक श्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गीतहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक श्रोतामा पठाएका र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा लोक गायक तथा सर्जक कस्तुप पन्तको उत्कृष्ठ लय तथा शब्द रचनामा कुलेन्द्र बिश्वकर्मा र समिक्षा अधिकारीको आवाजमा “सिलौटोमा चटनी” बोलको गीत कस्तुप पनितको युटुव च्यानलबाट देशैभर सार्वजनिक भएको छ। कहिले माया कहिले पिडा यस्तै दर्जनौ गीतले बजार पिटिरहेका छन्। यसै मध्ये माया प्रिमका कुरा जोडेर गीत बजारमा आईनैरहेका हामीले देख्न सकनिन्छ। “सिलौटोमा चट्नी” बोलको गीत सार्वजनिक गरेको छोटो समयमै चर्चामा आएको छ ।
यस्तो छ टुक्का: “कापी कलम भेट नभई माया लेखिदैन तिम्रो माया मुटुमै छ हेर्दा देखिदैन” यो मिठो शब्द लेखी खार बनेर कस्तुप पन्त फेरी सांगितिक बजारमा सवैमाझ ओर्लिएका हुन्।
गितको शब्द चयन संगै संगितको धुन माधुरियता माथी दर्शकको अपार नजर परेको छ। उत्कृष्ठ लेखन भरिएको गितमा स्वरमा दम देखिएको छ। छोटो समय संगै केही दिनमै धेरै दर्शक स्रोताले मन पराईएको गित “सिलोटोमा चटनी” ले भिडियोमा देखाईरहेको छ। उस्तै लोकप्रिय सर्जक कस्तुप पन्तको यो मिठो सांगितिक छलाडंलाइ मुटुमा राखेर दर्शकले माया दिएको आकलन गरिएको छ। सुन्दा आनन्द र हेर्दा मनै रमाउने बनेर गित देशभर बजार ब्यबस्थापन भएको छ।
यो मिठो गितको भिडियोमा गायक/मोडल रामजी खाड, कुलेन्द्र बिक ,ज्योती मगर, प्रिति आलेको धमकेधार अभिनय रहेको छ।दुर्गा पौडेलको छायांकनमा तयार भएको भिडियोलाई अमृत चापागाईले सम्पादन/कलर गरेका हुन् भने शंकर बिसि ले भिडियो निर्देशन गरेका हुन्।
पुरा भिडियो हेर्नुहोस्: