EntertainmentVideo

रमेशराज भट्टराई लकडाउन देखी दिक्क भएर गाय यस्तो गीत (भिडियो सहित)

नेपालगन्ज/ संगित क्षेत्रमा फरक प्रस्तुति दिएर दर्सक श्रोता माझ चर्चा कमाउँदै आएका गायक तथा गितकार रमेशराज भट्टराईको नयाँ गित सार्वजनिक भएको छ । भट्टराईका जति गित बजारमा आउँछन् सबै सबैको मन मस्तीकमा बस्दै आएका छन् । उनको “कस्तो दिन आयो ” बोलको नयाँ गीत सार्वजनिक भएको हो, गीतमा शब्द /संगीत/स्वर रमेश राज भट्टराईकै रहेको छ भने गीत “गुड लक नेपाल” नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

कोरोना महामारीका बेला कोरोना कै विषयवस्तु समेटेर तयार पारिएको यो गीत सार्वजनिक भए संगै युट्युव ट्रेण्डिङ मा पर्न सफल भएको छ।

गीतको भिडियो निर्देशन र छायांकन दुर्गा पौडेलले गरेका छन् भने सम्पादन नवीन घर्ती मगरको रहेको छ ,भिडियोमा अभिनय रमेश राज भट्टराई,अनिता बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।

रमेशराज भट्टराईको परिचय:

‘मैले तिमी लाई चाहेर पनि तिम्रो साथ पाउन सकीन’ यो आधुनिक गीत नसुन्ने सायद कमै नेपाली होलान । अगाध प्रेम हुदापनि माया गर्ने मान्छे लाई आफ्नो बनाउन नसकेको पिडा र यौटा असफल प्रेम कहानी बोकेको उक्त गीतका गायक रमेशराज भट्टराई हुन । वि.सं-२०५९ सालमै रमेशराजको आवाजमा रेकर्ड भएको उक्त गीत तत्कालीन समयमा त्यती चर्चामा आएन । गीतले वास्तविक चर्चा त्यतीबेला पायो जव यो गीत मखमली आवाजकी धनि गायीका अन्जु पन्तको स्वरमा रेकर्डभयो ।

आरविटी डाउनलोडको क्षेत्रमा औशत भन्दा माथीको रेकर्ड बनाउन सफल उक्त गीतले रमेशराज लाई गायक मात्र नभएर यौटा सफल गीतकार र अब्बल संगीतकारको उचाई समेत दियो । यहि यात्राको विचमा प्रमोद खरेलको स्वरमा रहेको ‘उस्ले जति माया तिम्लाई मैले पनि दिन्थें होला, संसारका सारा खुसी तिम्रो लागीकीन्थे होला’ बोलको गीत रिलिज भयो । अत्यन्तै हाईस्केलमा रहेकोयो गीत यति रुचाईयो की त्यसपछी रमेशराजले पछाडी फर्केर हेर्नु परेको छैन ।

स्कुले जिवनको समाप्ती र कलेजको सुरुवाति समयमा उनले गायन सुरु गरेका हुन । क्याम्पस पढ्दा ताका क्याम्पसमा हुने फाट्टफुट्ट कार्यक्रममा गीत गाउदा साथीहरुले तँ भविष्यको कलाकार होस भनेर हौसला दिन्थे रमेशलाई । अल्लारे उमेर र मनोरन्जन प्रतिको उनको झुकावको मिश्रण मान्नुपर्ला उनको गीतसंगीत प्रतिको लगाव बढ्दै गयो । लेखीएका पंक्ति हरुले डायरीका पाना हरु भरीदै गए र तयार भएका लय हरुले दिमाग भरीदै गयो ।

गुनगुनाउने क्रममा नै रमेशका धेरै धुनहरु वनिसकेका थिए ति मध्यबाट छानेर उनले “मैले तिमीलाई चाहेर पनि तिम्रो साथ पाउन सकिनू भन्ने गीत रेकर्ड गराए । आफ्नै धुन मनपर्यो, रेकर्ड गरेर गीत पनि बन्यो तर त्यो गीत बजारमा ल्याउन धेरै संघर्ष गर्नुपर्यो भट्टराईलाइ । उनि ति क्षण र ति अफ्ट्यारा परिस्थिति हरुलाई शब्दहरुमा वयान गर्न असमर्थ छन् रे ।

यसरि पहिलो गीत बजारमा आयो संगीत बुझेका उनका अग्रज हरुले निकै सह्राहना गरेपनि तत्कालिन समयमा त्यो गीतले उनले खोजेजति चर्चा पाउन सकेन र उनलाई आशातित उचाई दिन पनि सकेन । त्यसपछी समयले उनीसंग संग धेरै पसिना माग्यो संगीत कै क्षेत्रमा निरन्तरताको लागी उनि दोहोरी साँझ देखी गजल रेष्टुरेण्ट हरु सम्ममा आफ्नो कला प्रस्तुत गर्दै गए । त्यसलाई श्रम कै यौटा पाटो मान्छन उनि, जुन श्रमले उनलाई साँगीतीक क्षेत्रमा टिकीरहन मद्दत गर्यो।

त्यसको लगत्तै नेपाली सुगम संगीतमा यौटा स्वर्ण समय सुरु भयो । अन्जु पन्तको आवाजमा धमाधम गीतहरु रेकर्ड भईरहेका थिए । उनले पनि आफ्नो पुरानो गीत “मैले तिमीलाई चाहेर पनि” अन्जु पन्तको आवाजमा रेकर्ड गर्ने विचार गरे । त्यो गीत रेकर्ड भएर वजारमा आउने वित्तीकै वजारका सबै रेकर्ड हरु तोड्दै आरविटीको उच्च स्थानमा पुग्न सफल भयो । अहिले पनि आरविटीको माथिल्ला रेकर्ड हरुमा उनका केही गीतहरुले एकलौटी कब्जा जमाएका छन।

अन्जु पन्त संग उनका अरु गीतहरु पनि आए प्राय सबै हिट भए । त्यही क्रममा उनले आफैले पनि गाएको अर्को कर्णप्रिय गीत ूखुसी साट्छु भन्दा पनि कतै ठाँउ पाईन मैले, कर्मै खोटो अभागीको कसैलाई दोष लाईन मैलेू पनि सुगम संगीतको क्षेत्रमा कालजयी भएर आयो । यो गीतमा भट्टराईको स्वर र संगीत रहेको छ । मेल फिमेल दुबै भर्सनमा युट्युवमा सुन्न सक्नुहुन्छ श्रोता हरु ले ।

सबै विधाका गीत गाउछन उनि । उनलाई भर्सटायल गायक भन्दा पनि हुन्छ । तर उनि आँफुले आफैलाई भर्सटायल गायक हुँ भन्न सक्दैनन् रे किनकी अझैपनि संघर्षका धेरै चरण हरु पार गर्नु छ, धेरै श्रृजना हरु दर्शक श्रोता सामु ल्याउनु छ त्यसैले आफु शंघर्षकै चरणमा रहेको ठान्छन उनि ।

गायन,लेखन अनी संगीत तिनै क्षेत्रमा उत्तिकै सकृय भट्टराईका लोक(दोहोरी, पप र सुगम तिनै किसीमका गीत हरुमा बराबरी दख्खल रहेको देख्न सकिन्छ । तिनै विधाका गीतहरु वनाएका र गाएका छन उनले । उनका अधिकांश गीतहरु रुचाईएका पनि छन । यस हिसावमा दर्शक र श्रोताले जुन स्थान दिनुहुन्छ त्यो ठाउमा उभीनु कलाकारको कर्तब्य हो भन्ने ठान्छन उनि ।

भट्टराईको सोझो र सिधा गणित छ आफ्नो स्थानको बारेमा । यहा न धेरै खोजेर पाईन्छ न आफ्नो सिमाना तोक्न सकिन्छ । कलाकार भएपछी दर्शक र श्रोताले तोकिदीएको स्थानमा संतुष्ट हुनु पर्दछ । र त्यो भन्दा माथिल्लो स्थानमा कब्जा जमाउन संघर्ष गर्नु पर्दछ भन्ने उनको मान्यता हो रे ।

यदाकदा स्थान निर्धारणमा सोसल मिडीयाको पनि उल्येख्य भुमीका रहि आएको उनले देखे भोगेका छन् । यानी की सोसल मिडीयाले कसैको पाउनुपर्ने चर्चाको पनि वेवास्ता भएको र कसैकसैको हकमा अनावस्यक चर्चा गरिदीएर रातारात स्टार वनाईदिएका अवस्था हरु संग भने उनको बिमति रहेको छ ।

अनावश्यक रुपमा सोसल मिडीयाले दिएको चर्चा खहरे हो र दर्शक श्रोताले मन पराईदिएर हुने चर्चा समुद्र हो भन्ने कुरामा अडिग छन् भट्टराई । खहरे गडगडाउछ सुक्छ समुद्र कालान्तर सम्म जस्ताको तस्तै हुन्छ ।

उनि नारायण गोपालका अनन्य फ्यान हुन र उनको सांगीतिक जिवनका आदर्श पुरुष नारायण गोपाल लाइ नै मान्दछन उनि । नारायण गोपालको चर्चा र स्थान सोसल मिडीयाले नभै अशली श्रोताहरुले निर्धारण गर्नुभएको थियो त्यसैले त आज उपरान्त हामी सम्पुर्ण नेपाली माझ नारायण गोपालको चर्चा सेलाउन या घट्न सकेको छैन ।

आफ्ना श्रृजना मार्फत उनि त्यस्तै किसीमको उचाई बनाउन चाहान्छन । श्रद्देय स्वर सम्राटलाई सम्झदै रमेश सोच्छन रे- त्यो उचाई छुन नसकुँला तर त्यस्तो लोकप्रियताको सपना देख्नु हरेक संगीतको विद्यार्थीको अधिकार हो, त्यसैले उनीपनि त्यो सपना देख्छन रे ।

अहिलेको समयमा उनका गीतहरु संख्यात्मक रुपमा पनि ह्वात्तै बढेका छन । करिव तीनसयको हाराहारीमा अरुको लागी श्रृजना गरिदिएका गीतहरु पुगे होलान पांच दर्जनको हाराहारीमा उनको स्वरमा नै आधुनिक गीत हरु छन र त्यत्तीकै संख्यामा लोक दोहोरी र पप गीत हरु गाएका छन ।

दशै-तिहार र तीज सम्बन्धि पर्व बिशेषका गीत, सुभकामना गीत, कमेडी गीत, रोईला सबै किसीमका गीत हरु बजारमा आईरहेका छन भट्टराईका र ति गीत प्रति दर्शक श्रोताले राम्रो प्रतिकृया दिईरहनुभएको छ त्यसैले उनलाई नयाँ सृजनाको लागी दर्शकले उर्जा थपिदिनुभएको जस्तो लाग्छ रे ।

उनको अर्को गीत “बबाल भो” किशोर किशोरी हरुले निकै मन पराईदिनुभको कारण पटक पटक स्टेजमा गाउछन उनि । यो गीत नयाँ पुष्ताको माग लाई मध्यनजर राखेर बनाएको गीत हो जुन निकै चर्चित पनि भयो र अधिकाँश ठाउमा नाच्नको लागी बजाईएको देख्न सकिन्छ । उनिपनि स्टेजमा जहा पुगेपनि गाउन छुटाउदैनन ।

त्यसपछि आएको बबालभो कै सिक्वेल गीत ‘कैले लोकल ठर्रा अनी कैलेकाही छ्याङ्ग हुन्छ, रातै भरी रक्सी खायो ब्यान उठ्दा ह्याँङ्ग हुन्छू।  निकै रुचाईदिनुभको छ दर्शक श्रोताले । यो यौटा समाजमा रहेको चलन लाई व्यंग्य गरिएको गीत हो । अलिअली मिल्दोजुल्दो भएपनि यो उनको आफ्नो कथा भने होईन भन्न चाहन्छन उनि । अब हेरौं उनको नयाँ गीतको यो भिडियो/

Related Articles

Back to top button