काठमाडौं उपत्यकामा घट्यो कोरोना संक्रमित
काठमाडौं उपत्यकामा एक सातादेखि कोरोना संक्रमितको संख्यामा केही कमी आएसँगै अस्पतालमा बिरामीको चाप समेत घटेको छ ।
शैया अभावका कारण अस्पताल बाहिरबाट नै उपचार गरिरहेका सरकारी अस्पतालमा अहिले अस्पताल बाहिर बिरामी राख्नुपरेको छैन ।
नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ७ हजार ९१४ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर १९ हजार ९२६ जनाको पीसीआर–एन्टिजेन परीक्षण ७ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
१८ हजार ९६५ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ७ हजार ५९८ र ९ सय ६१ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा मुलुकभर ७ हजार ९१४ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५ लाख १३ हजार २४१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार ६६४ संक्रमित निको भए, १९३ को मृत्यु
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ७ हजार ६६४ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ७ हजार ६६४ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ३ लाख ९१ हजार ३४८ पुगेको छ ।
यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ८ सय ७३ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १९ हजार ९२६ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २९ लाख १६ हजार ४६८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप १ सय ९३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ३४६ पुगेको छ ।