News
केबल कार खस्दा १४ जनाको मृत्यु
एजेन्सी । इटालीमा केबल कार खस्दा १४ जना यात्रुको मृत्यु भएको छ । उत्तरी क्षेत्रस्थित म्यागिओर लेक नजिकैको पहाडमा आइतबार केबल कार खसेको हो ।
दुर्घटनामा एक बालक गम्भीर रुपमा घाइते भएका छन् । रिसोर्ट टाउनबाट यात्रुहरुलाई बोकेर पिएदमन्ट क्षेत्रस्थित मोट्टारोन पहाड जाँदै गर्दा केबल कार खसेको हो ।
घटनामा मृत्यु हुनेहरुमध्ये केही विदेशी नागरिक समेत रहेको बताइएको छ ।
दुर्घटनापछि ५ वर्ष र ९ वर्षका बालकहरुलाई उपचारका लागि नजिकको अस्पताल लगिएको थियो । तर ९ वर्षीय बालकको उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाको कारणबारे अझै यकिन भइसकेको छैन । यसबारे छानविन गरिने स्थानीय प्रशासनले जनाएको छ ।