NewsVideo

बाँकेमा को’रोना भा’इरस संक्र’मणबाट अहिले सम्म पाँच सयको मृ’त्य- भिडियो सहित

बाँकेमा को'रोना बाट मृ'त्यु हुनेक संख्या ५००पुगेको छ।

नेपालगन्जः बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय पुगेको छ । भेरी अस्पताल नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, शिक्षण अस्पताल नेपालगन्ज र वेष्टर्न अस्पतालमा गरी अहिलेसम्म बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय पुगेको हो ।

सबैभन्दा धेरै मृत्यु भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेमा उपचार गराइरहेका संक्रमितको भएको छ । कोभिड डेडिकेटेड यी अस्पतालमा गएको वर्षदेखि नै संक्रमितको उपचार भइरहेको छ । वेष्र्टन अस्पतालमा एकजनाको मात्रै मृत्यु भएको छ । त्यो पनि पहिलो चरणको संक्रमणताका भएको हो । यो अस्पतालमा अहिले कोभिड डेडिकेटेड १६ वेड छन् । पछिल्लो १४ घण्टामा भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत ९ जना कोरोना संक्रमितहरुको निधन भएको छ ।गएको ४ दिनमा बाँकेमा ५५ जनाले ज्यान गुमाएका छन्। बाँकेकामात्रै संक्रमणबाट मृत्यु हुनेको संख्या २७३ छ भने उपचारका लागि यहाँ आएका २२७ जनाको मृत्यु भएको छ । ती सबै बाहिरी जिल्लाका हुन् ।

Related Articles

Back to top button