News

कोरोना पीडितको लागि अमिताभ वच्चनले गरे ठुलो सहयोग

काठमाडौं / भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र यसबाट ज्यान गुमाउनेको संख्या बढ्दै गइरहेको छ । कोरोना संक्रमणबाट दैनिक ४ हजार बढीले ज्यान गुमाइरहेका छन् ।

कोरोना संक्रमित बढ्दै जाँदा अस्पतालमा बेड, आइसीयू, भेन्टिलेटर र अक्सिजनको अभाव नहोस् भन्दै भारतका प्रभावशाली व्यक्तिहरूले सहयोग गरिरहेका छन् ।

कोरोना प्रभावितहरुलाई बलिउडका अभिनेता अमिताभ बच्चनले पनि सहयोग गरेका छन् । भारतिय मिडियाका अनुसार उनले पीडितको लागि १५ करोड सहयोग गरेका छन्। अहिले उनको यो कामको चर्चा भइरहेको छ ।

सहयोग गरेको जानकारी दिदै अमिताभले भनेका छन्,- ‘कोरोनाको यस लडाईंमा धेरैले सहयोग गरिरहेका छन्। मानिसहरूलाई केवल दिल्लीको कोभिड केयर सेन्टरलाई दिएको २ करोड रुपैयाँ मात्र थाहा छ। तर महामारीबिच मेरो योगदान करिब १५ करोड भएको छ।

Related Articles

Back to top button